अर्घाखाँची। प्युठान जिल्लाको नौबहिनी गाउँपालिका ६ मा खेत जोत्ने क्रममा करेण्ट लागेर एकजना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय २८ बर्षका सन्ताेष परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आईतबार बिहान जोत्न खेत गएका परियारको बिजुलीको पोलबाट प्रवाह भएको करेन्ट लागेर मृत्यु भएको हो।
परियारको शब पोस्टमाटमका लागि अहिले जिल्ला अस्पताल बिजुवारमा राखिएको छ ।
उनी केही समय अघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। परियारका बुवा आमा दुई दाजुभाइ श्रीमति र एक छोरा छन।
Advertisement