• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रेसुङ्गाको भुवानेपार्कमा राष्ट्रकल्याण महायज्ञ शुरु


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  •  गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गाको काखमा रहेको भुवानेपार्क राम्चे डाँडामा श्रीराम कथा हनुमान चालीस, हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ शुरु भएको छ । सीताराम मन्दिर व्यवस्थापन समितिले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ स्थित भुवानेपार्क राम्चे डाँडामा राष्ट्रकल्याण महायज्ञ भएको हो।
    वैशाख ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपालकै कान्छी उमेरकी वाचिका सुश्री उमामहेश्वरीले कथा प्रवचन गरेकी छन्। भुवानेपार्क राम्चे डाँडामा गतवर्ष स्थानीय सुब्बा बस्नेतले निजी लगानीमा लाखौं रकम खर्चेर सीताराम मन्दिर निर्माण गरेका थिए।
    यस वर्ष सोहि मन्दिरसँगै रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यले महायज्ञ गर्न लागिएको सीताराम मन्दिर निर्माणकर्ता सुब्बा बस्नेताले बताए । महायज्ञको शुभारम्भको अवसरमा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले यस यज्ञले यसक्षेत्रको महत्व बाहिर ल्याउने बताए।
    रेसुङ्गा र यो मन्दिर स्थलको महिमा धेरै रहेको उनले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले निजी लगानीमा राज्यले गर्न नसकेको काम थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिए।
    रेसुङ्गा र भारतको अयोद्धा विच प्राचिन सम्बन्ध रहेकाले यस यज्ञले थप प्रचारप्रसारमा टेवा पुर्याउने बताए । पछिल्लो समय रेसुङ्गा क्षेत्रलाई पर्यटकीय गनतव्य बनाउनको लागि रेसुङ्गा नगरपालिकाले विभिन्न योजनाहरु अगाडी सारेसँगै पर्यटकको संख्य बृद्धि हुँदै गएको उनले बताए ।
    यो महायज्ञले पनि रेसुङ्गा क्षेत्रको महत्व र पर्यटकको संख्या बृद्धि गर्ने पन्थीको भनाइ छ । महायज्ञमा कसैले चौरासी पूजा गर्न चाहेको खण्डमा निःशुल्क रुपमा गर्न पाइने व्यवस्था रहेको छ ।
    त्यस्तै प्रत्येक दिन रामकथा, झाँकी, कलात्मक चजन, राम आरती लगायतका धार्मिक कार्यक्रम गरिने भएको बस्नेतले बताए । महायज्ञमा कसैले स्वतूफूर्त प्रदान गरिएको सहयोगबाट १० प्रतिशत रकम बिपन्नलाई सहयोग गरिने र बाँकी रकम रेसुङ्गा क्षेत्रको धार्मिक विकासमा खर्चिने भएको छ।
    जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा धार्मिक पर्यटकीय गनतव्य निर्माण गर्न विभिन्न संरचना निर्माण भएका छन् । संरचना निर्माण भएसँगै अन्तरिक तथा बाह्य पर्यटक अबलोकनका लागि पुग्ने गरेका छन्।
    कैयौं संरचना निर्माण हुँदाहुँदै पनि धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा क्षेत्रमा सोचे अनुरुप पर्यटक पुग्ने गरेका थिएनन । तर पनि पर्यटकीय संरचना धमाधम निर्माण हुने गरेका छन्।
    केहि संरचना राज्यको लगानीमा निर्माण भएका छन् भने केहि निजी व्यक्तिले पनि निर्माण गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भँगारी भुवने डाँडामा आकर्षक मन्दिर निर्माण गरिएको हो ।
    धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रेसुङ्गाको काखमा गुल्मीदरवार निवासी सुब्बा बस्नेतले आकर्षक मन्दिर निर्माण गरेका हुन् । मन्दिर निर्माण भएसँगै त्यस क्षेत्रमा पुग्ने अन्तरिक तथा बाह्य पर्यटक अवलोकन कर्ता पुग्ने गरेका छन् ।
    अहिले भँगारी भुवने डाँडा (दारेढुङ्गा) पर्यटकीय स्थलमा पुग्नेहरुको संख्या पनि बृद्धि भएको छ । पर्यटकीय पार्कसँगै निर्माण गरिएको मन्दिरले मनै लोभ्याउने दृश्य बनेको छ ।
    ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व वेदपुराणहरुमा समेत उल्लेख छ । त्रेतायुगमा ऋषि श्रृंङ्गेश्वरको तपस्या स्थल रेसुङ्गामा भगवान श्रीराम भेटन जाने क्रममा त्यहि बाटो भएर जानेक्रममा उहाँका पाइलाहरु पछिसम्म रहेको पाइएको त्यहाँका स्थानीय बताउछन् ।
    ती पाइलाहरुमा एकदशीमा पूजा समेत गरिने गरिन्थ्यो । पछि बाटो बिस्तारको क्रममा पाइलाहरु फुटाइएको थियो ।
    अहिले सोहि स्थानमा एउटा व्यक्तिले निजी लगानीमा लाखौ रकम खर्चेर श्रीराम भगवानको मन्दिर निर्माण गरेका हुन् ।  मन्दिर निर्माणसँगै रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋषि महर्षिहरुका कलात्मक दृश्यहरु पनि निर्माण गरेर चिटिक्क पारिएको छ।

    Advertisement

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता
    प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation