• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

लोकप्रिय समाचार

  • १. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • २. थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

  • ५. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ६. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ७. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • ८. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ९. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • १०. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

रेसुङ्गाको भुवानेपार्कमा राष्ट्रकल्याण महायज्ञ शुरु


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  •  गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गाको काखमा रहेको भुवानेपार्क राम्चे डाँडामा श्रीराम कथा हनुमान चालीस, हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ शुरु भएको छ । सीताराम मन्दिर व्यवस्थापन समितिले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ स्थित भुवानेपार्क राम्चे डाँडामा राष्ट्रकल्याण महायज्ञ भएको हो।
    वैशाख ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपालकै कान्छी उमेरकी वाचिका सुश्री उमामहेश्वरीले कथा प्रवचन गरेकी छन्। भुवानेपार्क राम्चे डाँडामा गतवर्ष स्थानीय सुब्बा बस्नेतले निजी लगानीमा लाखौं रकम खर्चेर सीताराम मन्दिर निर्माण गरेका थिए।
    यस वर्ष सोहि मन्दिरसँगै रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यले महायज्ञ गर्न लागिएको सीताराम मन्दिर निर्माणकर्ता सुब्बा बस्नेताले बताए । महायज्ञको शुभारम्भको अवसरमा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले यस यज्ञले यसक्षेत्रको महत्व बाहिर ल्याउने बताए।
    रेसुङ्गा र यो मन्दिर स्थलको महिमा धेरै रहेको उनले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले निजी लगानीमा राज्यले गर्न नसकेको काम थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिए।
    रेसुङ्गा र भारतको अयोद्धा विच प्राचिन सम्बन्ध रहेकाले यस यज्ञले थप प्रचारप्रसारमा टेवा पुर्याउने बताए । पछिल्लो समय रेसुङ्गा क्षेत्रलाई पर्यटकीय गनतव्य बनाउनको लागि रेसुङ्गा नगरपालिकाले विभिन्न योजनाहरु अगाडी सारेसँगै पर्यटकको संख्य बृद्धि हुँदै गएको उनले बताए ।
    यो महायज्ञले पनि रेसुङ्गा क्षेत्रको महत्व र पर्यटकको संख्या बृद्धि गर्ने पन्थीको भनाइ छ । महायज्ञमा कसैले चौरासी पूजा गर्न चाहेको खण्डमा निःशुल्क रुपमा गर्न पाइने व्यवस्था रहेको छ ।
    त्यस्तै प्रत्येक दिन रामकथा, झाँकी, कलात्मक चजन, राम आरती लगायतका धार्मिक कार्यक्रम गरिने भएको बस्नेतले बताए । महायज्ञमा कसैले स्वतूफूर्त प्रदान गरिएको सहयोगबाट १० प्रतिशत रकम बिपन्नलाई सहयोग गरिने र बाँकी रकम रेसुङ्गा क्षेत्रको धार्मिक विकासमा खर्चिने भएको छ।
    जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा धार्मिक पर्यटकीय गनतव्य निर्माण गर्न विभिन्न संरचना निर्माण भएका छन् । संरचना निर्माण भएसँगै अन्तरिक तथा बाह्य पर्यटक अबलोकनका लागि पुग्ने गरेका छन्।
    कैयौं संरचना निर्माण हुँदाहुँदै पनि धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा क्षेत्रमा सोचे अनुरुप पर्यटक पुग्ने गरेका थिएनन । तर पनि पर्यटकीय संरचना धमाधम निर्माण हुने गरेका छन्।
    केहि संरचना राज्यको लगानीमा निर्माण भएका छन् भने केहि निजी व्यक्तिले पनि निर्माण गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भँगारी भुवने डाँडामा आकर्षक मन्दिर निर्माण गरिएको हो ।
    धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रेसुङ्गाको काखमा गुल्मीदरवार निवासी सुब्बा बस्नेतले आकर्षक मन्दिर निर्माण गरेका हुन् । मन्दिर निर्माण भएसँगै त्यस क्षेत्रमा पुग्ने अन्तरिक तथा बाह्य पर्यटक अवलोकन कर्ता पुग्ने गरेका छन् ।
    अहिले भँगारी भुवने डाँडा (दारेढुङ्गा) पर्यटकीय स्थलमा पुग्नेहरुको संख्या पनि बृद्धि भएको छ । पर्यटकीय पार्कसँगै निर्माण गरिएको मन्दिरले मनै लोभ्याउने दृश्य बनेको छ ।
    ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व वेदपुराणहरुमा समेत उल्लेख छ । त्रेतायुगमा ऋषि श्रृंङ्गेश्वरको तपस्या स्थल रेसुङ्गामा भगवान श्रीराम भेटन जाने क्रममा त्यहि बाटो भएर जानेक्रममा उहाँका पाइलाहरु पछिसम्म रहेको पाइएको त्यहाँका स्थानीय बताउछन् ।
    ती पाइलाहरुमा एकदशीमा पूजा समेत गरिने गरिन्थ्यो । पछि बाटो बिस्तारको क्रममा पाइलाहरु फुटाइएको थियो ।
    अहिले सोहि स्थानमा एउटा व्यक्तिले निजी लगानीमा लाखौ रकम खर्चेर श्रीराम भगवानको मन्दिर निर्माण गरेका हुन् ।  मन्दिर निर्माणसँगै रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋषि महर्षिहरुका कलात्मक दृश्यहरु पनि निर्माण गरेर चिटिक्क पारिएको छ।

    Advertisement

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका
    गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु
    प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या
    दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु
    वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला
    राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    लोकप्रिय

    • १.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    भर्खरै

    • १.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • २.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ३.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ४.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • ७.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ८.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation