• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

आधारभूत तहबाटै शिक्षाको गुणस्तर सुधार्नुपर्छ : मन्त्री चौधरी


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।
    स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले आज शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘अझैपनि हाम्रो शिक्षा गुणस्तरीय छैन । हाम्रा पाठ्यक्रमहरू गुणस्तरीय छैनन् । तर पनि डम्बर चेमजोङ जस्तो व्यक्तिहरू अमेरिकासम्म पुगेर पिएचडी गर्नु समाजका लागि निकै ठुलो कुरा हो’, मन्त्री चौधरीले भन्नुभयो, ‘आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोलोजी हो कि, टिचर सेन्ट्रिक हो’ त्यसमा हामीले ध्यान दिन आवश्यक छ ।
    ‘चाइल्ड सेन्ट्रिक मेथोलोजि’का सन्दर्भमा केही समय युनिसेफमार्फत काम गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रा आधारभूत विद्यालयहरूमा पढाई हुने ‘कन्टेन्ट’हरू कमजोर रहेको छ । विद्यालयहरूको अवस्था पनि खराब छ । त्यसमा सुधार गर्नैपर्ने आवश्यकता छ ।’
    अहिले विद्यालय शिक्षा ऐन संशोधन र परिमार्जन गर्न बनेको विधेयक संसद्‍मा टेबल भएर संशोधनका लागि छलफल भइरहेको उल्लेख गर्दै उहाँले संघीय शिक्षा ऐन आउन बाँकी नै रहेको बताउनुभयो । संघीय शिक्षा ऐन एकीकृत रुपमा तीन वटै तहको सरकारलाई समेट्ने गरी आउन आवश्यक रहेको समेत उहाँको भनाई थियो ।
    अहिले शिक्षा स्थानीय तहलाई जिम्मा दिइएको अवस्था भए पनि त्यसलाई एकीकृत गरेर आगामी शिक्षा कस्तो बनाउने भन्ने हिसाबले शिक्षा ऐन आउनुपर्ने मन्त्री चौधरीको भनाई थियो । ‘अहिले हाम्रो शिक्षा पाठ्यक्रम केन्द्रित भएर कस्तो विद्यार्थी उत्पादन गर्ने भन्ने कुरामा केन्द्रित नभएर यो दल वा त्यो दल भन्दै राजनीतिमा हामी धेरै केन्द्रित हुन्छौ । तर त्यो गलत छ’, उहाँले भन्नुभयो, ‘भविष्यमा देश बनाउने त अहिलेको बच्चाले हो । त्यसकारण अबको शिक्षा ऐनमा गुणस्तरीय पाठ्यक्रम देखि लिएर गुणस्तरीय शिक्षक, पढाउने विधि जस्ता कुराहरू समेटेर स्पष्ट रुपमा आउनुपर्छ । शिक्षालाई गुणस्तरीय बनाउने हिसाबले हामी सबैले काम गर्न आवश्यक छ ।’
    हरेक व्यक्तिमा बहु आयामिक क्षमता हुने गरेको भन्दै उहाँले हरेक व्यक्तिले पढ्ने, अध्ययन गर्ने, सिर्जना गर्ने फरक-फरक क्षमता रहने गरेको बताउनुभयो । त्यसकारण व्यक्तिको क्षमतालाई उभारिदिने ठाउँ हुनुपर्ने मन्त्री चौधरीको भनाई थियो ।
    स्मृतिसँग आफ्नो पनि व्यक्तिगत भावना जोडिएको भन्दै मन्त्री चौधरीले इनोभेटिभ क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गर्ने परिपाटीको प्रसंशा गर्नुभयो । आफ्ना स्वर्गीय श्रीमान् दिनेश चौधरीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी सामाजिक क्षेत्र, दिनेश स्मृति पोल टेक्निकल र आधारभूत सामुदायिक विद्यालयमार्फत शिक्षा क्षेत्रमा काम गरिरहेको मन्त्री चौधरीले बताउनुभयो । मन्त्री चौधरीले समाजलाई सकारात्मक कामहरू छाडेर जानेहरूलाई समाजले मृत्युपछि पनि वर्षौंवर्ष सम्झिरहने समेत बताउनुभयो ।
    एउटा मान्छेको भिजनले धेरै काम गर्ने बताउँदै मन्त्री चौधरीले भन्नुभयो, ‘म समाज कल्याण परिषदमा काम गर्थे । तर दिनेश जिले तिमीले यो काम गरेमा भविष्यमा सचिवसम्म पुगौला । तर गाउँ फर्किएर गयौँ भने भगबती चौधरी र दिनेश चौधरी जस्ता हजारौँ व्यक्तिको उत्पादन गर्न सक्छौ भन्नुहुन्थ्यो । त्यसैले मैले जागिरबाट राजीनामा दिएर गाउँ फर्किए र आज हजारौँ जनालाई रोजगारी दिन सक्षम भएको छु ।’
    राजनीतिक रुपमा पनि निरन्तरको संघर्षले नै आजको स्थानमा पुग्न सफल भएको उहाँको भनाई थियो ।
    त्यस अवसरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको विभागीय प्रमुख डाक्टर डम्बर चेमजोङलाई सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि बोल्दै चेम्जोङले धनकुटाको सामान्य गाउँमा पढेर आएको व्यक्तिले अमेरिकाबाट विद्यावारिधि र नर्वेबाट एमफिल गर्न पाउनु निकै ठुलो कुरा रहेको बताउनुभयो । जागिर पछिको जीवन आफ्नै गाउँमा गएर आधारभूत तहको शिक्षामा लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै उहाँले त्यस क्रममा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटालाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियो ।
    स्वर्गीय दाहाल धनकुटामा शिक्षक आन्दोलन तथा सहकारी अभियानका अगुवा हुनुहुन्थ्यो ।

    Advertisement

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • २.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ३.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ४.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ७.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ८.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation