• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

फोहोरको प्रदूषित धुवाँले तम्घास वासीलाई सास्ती      


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँबाट निस्केको धुँवाले तम्घास वासीलाई समस्या पुर्याउदै आएको छ । तम्घासको फोहोरलाई अहिले रेसुङ्गा नगरपालिकाको वडानम्बर–२ र वडानम्बर–७ को साँधीममा ओखरेनीमा फालिदै आएको छ ।
    व्यवस्थीत रुपमा फोहोर बिर्सजन गर्ने ठाउ नहुँदा त्यस वरपरमा वस्तीका नागरिकले वषौंदेखि प्रदूषित धुवाँ खान बाध्य छन् । फाहोर फाल्ने ठाउँबाट निस्केको धुँवाले तम्घासको उदिनढुंगा बागमारे, धागिथुम र वेदुखर्क भूजेल खर्क क्षेत्रका नागरिकहरु वषौंदेखि मारमा छन् । यसक्षेत्रका नागरिकले फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) हटाउन वषौंदेखि आवाज उठाएका छन् । तर सुनुवाई भने भएको छैन् । फोहोर बिर्सजन ठाउँ हटाउन प्रशासन र नगरपालिका पटक–पटक पुगेपनि कुनैपनि सुनुवाई नभएको दुखेसो रेसुङ्गा नगरपालिका वडानम्बर–७ का स्थानीय धनिश्वर पाण्डेले बताउनुभयो । फोहोर बिर्सजन गर्ने स्थानबाट दैनिक जसो धुवाँको मुस्लो घरमै निस्केर आउने गर्नाले बृद्धहरुलाई झनै सस्या हुने गरेको स्थानीय वासी बताउछन् ।
    वस्ती नजिकै फोहोर विर्सजन स्थल हुँदा त्यहाँका नागरिकले यशको सहि ठाउँमा व्यवस्थापन गर्नुपर्ने माग अर्का स्थानीय उजिर घर्तिले बताउनुभयो । फोहोर फाल्ने ठाउँ नजिकै खानेपानीको मुहान पनि रहेको छ । त्यहाँबाट निस्केका झिँगा लगायतका फोहोर जन्य वस्तु हावाको माध्यमबाट सजिकै पानीमा पुग्ने देखिन्छ । अर्को ओखरेनी खोलामा फोहोर फाल्दा पानीको कारणले तलतलका वस्तीहरुमा पुग्ने पानीमा पनि बजेर जाने समस्या रहेको छ ।
    तर यशको हालसम्म पनि व्यवस्थापन हुन सकेको छैन् । अहिले फालिदै आएको फोहोरमा कुइने नकुइने सबै एकै ठाउँमा फाल्ने गरिएको छ । नसडने वस्तु पनि एकै ठाउँमा जसले गर्दा अर्को जोखिम पनि उत्तिकै रहेको छ । तम्घास बजारको फोहोरलाई ०६१ सालबाट ओखरेनीमा फालिदै आएको हो । बजारलाई सुन्दर सफा बनाउने उदेश्यले नगर विकास वातावरण संस्था मार्फत बजारको फोहोर उठाएर फाल्ने गरिएको छ । फोहोर व्यवस्थापन गर्दै आएको समितिले व्यवस्थित रुपमा फाल्ने ठाउँ अभावका कारणले फोहोरबाट मोहोर उत्पादन लक्ष्य अधुरै रहेको नगर विकास वातावरण संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले बताउनुभयो ।
    व्यवस्थित ठाउँ भएर सबै फोहोरलाई पैसामा बदल्ने गरि सञ्चालन गर्ने योजना रहेपनि मुख्य ठाउँको समस्या रहेको पन्थीले बताउनुभयो। जग्गा अभावले फोहोरमा भएको पैसा डढेर गएको अध्यक्ष पन्थीको भनाइ छ । हाल तम्घास बजारबाट दैनिक ८ देखि १० ट्याक्टर फोहोर फालिदै आएको छ । नगरपालिकाले वडानम्बर–९ बाट फोहोर संकलन केन्द्र राख्ने प्रक्रिया थालिएको थियो ।
    तर त्यहाँ पनि स्थानीयको बिरोध आएपछि कुनैपनि निर्णय हुनसकेको छैन् । उक्त ठाउँमा फोहोर संकलन केन्द्रको लागि केहि काम समेत भएको थियो । नगरपालिकाले लामोसमयदेखि फोहोर फाल्ने ठाउँको खोजी गरेपनि उचित ठाउँ नभएकै कारणले वस्ती र खानेपानीको मुहान नजिकै फोहोर फाल्न बाध्यता छ । अहिले नगरपालिकाले फोहोर फाल्नका लागि जग्गा खरिद प्रक्रिया अगाडी बढाएपनि संरचना निर्माण कार्य भएको छैन् ।
    नगरपालिकाले हालफालिदै आएको ठाउँलाई हटाएर अनेत्र सार्ने प्रक्रिया सुरु गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । तम्घास बजारलाई अहिले सुन्दर शहर बनाउने उदेश्यले नगरपालिकाले त्यसतर्फ ध्यान दिँदै आएको पन्थीले बताउनुभयो ।

    Advertisement

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...