• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

फोहोरको प्रदूषित धुवाँले तम्घास वासीलाई सास्ती      


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँबाट निस्केको धुँवाले तम्घास वासीलाई समस्या पुर्याउदै आएको छ । तम्घासको फोहोरलाई अहिले रेसुङ्गा नगरपालिकाको वडानम्बर–२ र वडानम्बर–७ को साँधीममा ओखरेनीमा फालिदै आएको छ ।
    व्यवस्थीत रुपमा फोहोर बिर्सजन गर्ने ठाउ नहुँदा त्यस वरपरमा वस्तीका नागरिकले वषौंदेखि प्रदूषित धुवाँ खान बाध्य छन् । फाहोर फाल्ने ठाउँबाट निस्केको धुँवाले तम्घासको उदिनढुंगा बागमारे, धागिथुम र वेदुखर्क भूजेल खर्क क्षेत्रका नागरिकहरु वषौंदेखि मारमा छन् । यसक्षेत्रका नागरिकले फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) हटाउन वषौंदेखि आवाज उठाएका छन् । तर सुनुवाई भने भएको छैन् । फोहोर बिर्सजन ठाउँ हटाउन प्रशासन र नगरपालिका पटक–पटक पुगेपनि कुनैपनि सुनुवाई नभएको दुखेसो रेसुङ्गा नगरपालिका वडानम्बर–७ का स्थानीय धनिश्वर पाण्डेले बताउनुभयो । फोहोर बिर्सजन गर्ने स्थानबाट दैनिक जसो धुवाँको मुस्लो घरमै निस्केर आउने गर्नाले बृद्धहरुलाई झनै सस्या हुने गरेको स्थानीय वासी बताउछन् ।
    वस्ती नजिकै फोहोर विर्सजन स्थल हुँदा त्यहाँका नागरिकले यशको सहि ठाउँमा व्यवस्थापन गर्नुपर्ने माग अर्का स्थानीय उजिर घर्तिले बताउनुभयो । फोहोर फाल्ने ठाउँ नजिकै खानेपानीको मुहान पनि रहेको छ । त्यहाँबाट निस्केका झिँगा लगायतका फोहोर जन्य वस्तु हावाको माध्यमबाट सजिकै पानीमा पुग्ने देखिन्छ । अर्को ओखरेनी खोलामा फोहोर फाल्दा पानीको कारणले तलतलका वस्तीहरुमा पुग्ने पानीमा पनि बजेर जाने समस्या रहेको छ ।
    तर यशको हालसम्म पनि व्यवस्थापन हुन सकेको छैन् । अहिले फालिदै आएको फोहोरमा कुइने नकुइने सबै एकै ठाउँमा फाल्ने गरिएको छ । नसडने वस्तु पनि एकै ठाउँमा जसले गर्दा अर्को जोखिम पनि उत्तिकै रहेको छ । तम्घास बजारको फोहोरलाई ०६१ सालबाट ओखरेनीमा फालिदै आएको हो । बजारलाई सुन्दर सफा बनाउने उदेश्यले नगर विकास वातावरण संस्था मार्फत बजारको फोहोर उठाएर फाल्ने गरिएको छ । फोहोर व्यवस्थापन गर्दै आएको समितिले व्यवस्थित रुपमा फाल्ने ठाउँ अभावका कारणले फोहोरबाट मोहोर उत्पादन लक्ष्य अधुरै रहेको नगर विकास वातावरण संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले बताउनुभयो ।
    व्यवस्थित ठाउँ भएर सबै फोहोरलाई पैसामा बदल्ने गरि सञ्चालन गर्ने योजना रहेपनि मुख्य ठाउँको समस्या रहेको पन्थीले बताउनुभयो। जग्गा अभावले फोहोरमा भएको पैसा डढेर गएको अध्यक्ष पन्थीको भनाइ छ । हाल तम्घास बजारबाट दैनिक ८ देखि १० ट्याक्टर फोहोर फालिदै आएको छ । नगरपालिकाले वडानम्बर–९ बाट फोहोर संकलन केन्द्र राख्ने प्रक्रिया थालिएको थियो ।
    तर त्यहाँ पनि स्थानीयको बिरोध आएपछि कुनैपनि निर्णय हुनसकेको छैन् । उक्त ठाउँमा फोहोर संकलन केन्द्रको लागि केहि काम समेत भएको थियो । नगरपालिकाले लामोसमयदेखि फोहोर फाल्ने ठाउँको खोजी गरेपनि उचित ठाउँ नभएकै कारणले वस्ती र खानेपानीको मुहान नजिकै फोहोर फाल्न बाध्यता छ । अहिले नगरपालिकाले फोहोर फाल्नका लागि जग्गा खरिद प्रक्रिया अगाडी बढाएपनि संरचना निर्माण कार्य भएको छैन् ।
    नगरपालिकाले हालफालिदै आएको ठाउँलाई हटाएर अनेत्र सार्ने प्रक्रिया सुरु गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । तम्घास बजारलाई अहिले सुन्दर शहर बनाउने उदेश्यले नगरपालिकाले त्यसतर्फ ध्यान दिँदै आएको पन्थीले बताउनुभयो ।

    Advertisement

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...