प्यूठान । नेकपा (एमाले) को भगिनी संस्था अखिल नेपाल महिला संघ (अनेमसंघ)प्यूठानको अध्यक्षमा पुनः भगवती खड्का निर्वाचित भएकी छन्।
मंगलबार शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन बिजुवारमा भएको अनेम संघ प्यूठानको छैठौं जिल्ला सम्मेलनले खड्काको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो।
समितिको उपाध्यक्ष बसन्ता केसी(गौमुखी), नारायणी अधिकारी(माण्डबी), सचिब केशरा खत्री (माण्डवी), कोषाध्यक्ष लक्ष्मी केसी (नौबहिनी), उप-सचिब देबकादेबी भण्डारी (स्वर्गद्वारी ) सहित २९ सदस्यीय कमिटी चयन गरिएको छ ।अरु सदस्य पछि मनोनीत गर्ने संघले जनाएको छ । सम्मेलनमा जिल्लाका ६४ वटै वडाबाट महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले मंगलवार सपथ ग्रहण गरेका थिए।
सम्मेलन उद्धाटन गर्दै संघका केन्द्रीय सचिब बिना ज्ञवालीले नेकपा(एमाले) को पिलरको रुपमा अनेम संघले निरन्तर काम गर्दै आएको भन्दै ‘हर घरमा अनेम संघ, घर घरमा अनेम संघ’को अभियानमा लाग्न आग्रह गरिन। महिला अधिकारको पक्षमा अनेमसंघले आफ्नो स्थापना कालदेखि नै संघर्ष गर्दै आएको बताउदै सचिब ज्ञवालीले अनेम संघले गरेको आन्दोलनका कारण महिलाहरुले अहिले ३३ प्रतिशत अधिकार प्राप्त गरेको बताईन। अहिले ५० प्रतिशत सहभागिताको कुरा उठ्दै गर्दा महिलाको सहभागितालाई समेत बढाउदै लैजानुपर्ने उनको भनाई छ ।
सम्मेलनमा मन्तव्य दिदै नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमालेले सबै प्रकारको बिभेद अन्त्य गर्दै समान सहभागितामा जोड दिएको बताए।
महिलाहरुको निष्ठा र इमान्दारिताले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गर्दै उनले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोड्दै लैजानुपर्ने बताए।
उद्धाटन सत्रमा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले नेपालको संविधानले महिलालाई नेतृत्वदायी भूमिकाको संवैधानिक व्यवस्था गरेकाले सो अवसर लिन महिलाहरु अग्रसर हुनुपर्ने बताउदै त्यस्का लागि योग्य सक्षम महिला नेतृत्व आवश्यक रहेको धारणा राखे।
पुर्व अध्यक्ष शान्ता आचार्य र संस्थापक अध्यक्ष नारायणी ज्ञवालीले जिल्लामा अखिल नेपाल महिला संघ बलियो संगठनका रुपमा स्थापित हुँदै गएको देख्दा खुसी लागेको बताए।
सम्मेलनमा संस्थापक अध्यक्ष नारायणी रेग्मी सहित पुर्व अध्यक्ष शान्ता आचार्य, गोमा रेग्मी, धना कार्की, कमला रिजाललाई सम्मान गरिएको छ ।
अनेमसंघ प्यूठानको अध्यक्षमा पुन: भगवती खड्का निर्वाचित
अनेमसंघ प्यूठानको अध्यक्षमा पुन: भगवती खड्का निर्वाचित

Advertisement
तपाईको प्रतिक्रिया