• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

क्यास नबोक्नु मेरो गल्ती होर ?


  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
  • हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला ! भोली जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै भएन।

    Advertisement

    मंगलबार भने कार्यालय निस्कने वित्तिकै सबैभन्दा पहिले यातायात व्यवस्था कार्यालय गौरिघाट गएँ । लाइसेन्स रिन्यू गर्ने स्थानमा अन्य समयको भन्दा भिड थिएन । भर्खर १० बजेकोले होला।

    कोठा नं. ३ मा गएर सोधे–‘लाइसेन्स रिन्यू गर्नुपर्ने थियो ।’
    कार्यालयका कर्मचारीले पहिले २ नम्बर कोठामा लाइसेन्स र नागरिकताको सक्कल सहित जानु भने । २, जना पछि पालो आइहाल्यो । कर्मचारीले लाइसेन्स नम्बर कम्प्युटरमा इन्ट्री गर्दै एउटा प्रिन्ट निकालेर मलाई दिँदै फेरी ३ नम्बर कोठामा जानु भन्यो। पहिले नै ३ नम्बर कोठामा गएको फेरी गए । हाकिम साब हिटर ताप्दै बस्नु भएको रहेछ । मैले लाइसेन्स र प्रिन्ट गरेको पेपर दिँदै भने, ‘सर, २ नं.बाट पठाइदिनु भएको।’
    उहाँले लाइसेन्स हेरेर त्यसको नम्बर कम्प्युटरमा इन्ट्री गर्दै आठ नम्बर कोठामा जान भन्नु भो ।

    आठ नम्बर कोठा मेडिकल जाँच गर्ने ठाउँ रहेछ । ५० रुपैंयाको रसिद काटेर लाइन बसे । ४, ५ जना पछि पालो आईहाल्यो । बाहिरबाटै एउटा आँखा छोपेर ७ देखि १० फिटको दुरीबाट अङ्ग्रेजी सिम्बोलहरु हेर्न लगाइयो । सबै मिलाए । त्यसपछि कोठाभित्र गएर केही अंकहरु पढें । सबै मिलेपछि कम्प्युटरमा इन्ट्री गर्नुपर्दो रहेछ । तर, मेरो रेकर्ड त्यहाँको कम्प्युटरले देखाएर । ‘तपाईंको रेकर्ड देखाएन, ३ नम्बरमा जानुस’ त्यहाँ कार्यरत पुरुष कर्मचारीले भने।
    ‘सर, भर्खर त्यहीँ बाट आएको’ मैले भने।
    मेरो रेकर्ड नदेखिएकोले पुनः ३ नम्बरमा चेक गरेर इन्ट्री गराएर आउनु भन्नु भो।
    मनमा चिसो पस्यो मेरो, केही दिन अगाडी मात्रै यातायात व्यवस्था कार्यालयबाट मिलेमतोमा १ लाख नक्कली लाइसेन्स निकालिएको समाचार प्रकाशित भएको थियो । कतै मेरो लाइसेन्स पनि नक्कली भनेर छानविनमा त परेन ! त, मैले त बक्काइदा लाइसेन्स परीक्षा पास गरेको थिए । त्यसको भिडियो पनि हेर्न पाइन्छ भन्ने थियो । त्यसकारण मनको चिसो मेटाउँदै फेरी ३ नं. कोठाकै हाकिमकोमा गएँ।

    ‘सर, ८ नम्बरबाट फेरी यहीँ पठाउनु भयो ।’ हाकिमका अगाडी पर्दै मैले भने । उहाँले नागरिकता देखाउनुस भन्नुभयो । तर, मैले नागरिकता बोकेको थिइन् । ‘सर, अफिस हिँडेको नागरिकता बोकेकै छैन के गर्ने होला !’ मैले आफ्नो समस्या भने ।
    ‘नागरिकता चाहिन्छ ।’ उहाँले भन्नु भयो।
    ‘अरु कार्ड मतदाता परिचयपत्र, प्यान कार्ड छ ?’ हाकिमसावले भन्नु भयो । हतारहतार पर्स खोतल्दै मतदाता परिचयपत्र देखाएँ । उहाँले सायद, नागरिकता नम्बर होला इन्ट्री गर्नुभयो होला । ‘ल ८ नम्बरमै जानुस’ साइन गर्दै भने।‘हस् धन्यवाद सर’ भन्दै हतारहतार ८ नं. कोठातिर कुदे।

    एक जना सेवाग्राहीको इन्ट्रि हुँदै गर्दा मेरो पालो आइहाल्यो । तर, अकस्मात कार्यालय पोशाकमै बुढानिलकण्ठ नगरपालिकामा काम गर्ने २ जना .(महिला पुरुष) कर्मचारी आइपुगे । पुरुष कर्मचारीले मलाई ठेल्दै मेडिकलका कर्मचारीसँग कुरा गर्दै ‘म्याडमको भयो ल सर, यो गर्दिनुस त’ भन्दै भने–‘उहाँ पक्काको मान्छे हो, पछि बच्चाबच्चीलाई भ्याक्सिन लगाई माग्न सजिलो हुन्छ । मैले भनेको थिएन नी सर, उहाँको हुन्छ भनेर ।’ यस्तै कुरा गरे । ती कर्मचारीले मेरो काम गर्नुको सट्टा ती महिला कर्मचारीसँग मुस्काउँदै उनको काम अगाडी गरे।

    उसको पछि मेरै पालो आउने हो भन्दै खासै प्रतिवाद गरिन । तर, काम भइसकेपछि पनि गफमा अल्झिइरहेको देख्दा चैं रिस उठेको थियो । रिस खाइ आफु बुद्धि खाई अरु भन्थे । मौन नै बसे । ४ मिनेट तिर मेरो कागजात समाएर इन्ट्री गरिदिँदै अब ७ कि ४ नम्बर भने अहिले विर्सिए, त्यहाँ जानु भने।
    राजश्व तिर्ने ठाउँ रहेछ । एकजना महिला कर्मचारी रहिछिन्, झ्यालबाटै लाइसेन्स र कागज दिए।
    कम्प्युटरमा इन्ट्री गर्दै भनिन् ‘चार हजार’
    ‘हँ, चार हजार कसरी ?’ मैले सोधे।
    ‘तपाईंको रिन्यू फेल छ, डबल जरिवाना पर्यो ।’ म लाचार भएँ ।

    समस्या यहाँनिर आइपर्यो । म सँग २ हजार, २५ सय जति क्यास थियो । ‘क्यास पूग्दैन, क्यूआर दिनुन’ मैले भने । म प्रायः पैसाको कारोबार मोवाइल बैकिङ, अनलाइन, एटिएम वा क्यूआरबाट गर्छु । क्यास कमै बोक्छु । जान्ने भएर होकी के यसले कहिले काँही यस्तै समस्यामा पर्छु । ‘क्यूआरबाट लिन मिल्दैन । क्यासै चाहिन्छ । क्यास नबोकी किन आएको ?’ कर्मचारीले भनिन् । ‘ला.. मसँग क्यासै पुगेन यता एटिएम होला ?’ मैले सोधे ।
    ‘एटिएम छैन तपाई तल जानुस त्यहाँ पसल (विचौलिया)हरुमा ट्रान्सफर गरिदिनु उनीहरुले क्यास दिन्छन् ।’ उनले सुझाइन्।

    हतार हतार यातायात कार्यालय भवनकै भित्रपट्टी लाइनै रहेका काउन्टर जस्ता (विचौलियाका अखडा) कहाँ गए । ‘कति चाहिने ? एउटा काउन्टरमा पैसा ट्रान्सफर हुन्छ भनेर सोध्दै गर्दा युवतीबाट जवाफ पाँए ।
    ‘दुई हजार, चार्ज २ सय लाग्छ ।’ जवाफ आयो । ‘वाफ रे २ हजार ट्रान्सफर गर्दा २ सय यो त अत्ति भएन ! ८ रुपैंयाको काम हो’ त्यो पनि मेरै एकाउन्टबाट काट्छ !’ आश्चर्य लाग्दै प्रश्न गरे ।

    २ सय दिएमात्र काम गरिदिने भन्दै ती युवतीले जवाफ फर्काइन् । नजिक एटीएम थिएन, मलाई हतार थियो । बाध्यतामा परें । आफ्नो एकाउन्टबाट उसको एकाउन्समा २ हजार हालिदिए । २ सय क्यास दिए । युवतीले २ वटा हजारका नोट थमाइन् । पैसा लिँदै गर्दा ‘लूटतन्त्र नै रहेछ नी’ भन्न मन लाग्याथ्यो । तर, बोली फुस्किएन । दगुर्दै राजश्व तिर्ने झ्यालतिर गएँ । ४ हजार दिएपछि पैसा बुझाएको रसिद पाइयो।
    तपाईको काम सकियो, ‘अब कहाँ जाने ? भनेर प्रश्न गर्दा उत्तर पाएँ । ‘लाइसेन्स लिन कहिले आउनु ?’ सोधें ।
    ‘एक वर्षपछि’ मतिर नहेरी जवाफ दिइन् । सोधिहालें, ‘त्यतिञ्जेल के गर्ने ?’

    पुरानो लाइसेन्स बोक्ने, ट्राफिकले माग्दा पुरानो लाइसेन्स र यो रसिद देखाउने ।’ उनको रेडिमेड जवाफ आयो । लाइसेन्स रिन्यू गर्न आउने हरेकलाई उनले दिने जवाफ त्यही रहेछ ।

    सेटिङमा लाइसेन्स बाँडेको समाचारको एक दुई दिनमा यातायात व्यवस्था कार्यालयमा लाखौं लाइसेन्स आएको समाचार पनि पढेको थिएँ । मैले आज मात्रै रिन्यू गरेकाले त्यस भित्र मेरो लाइसेन्स पर्ने कुरा त भएन । यातायात व्यवस्था कार्यालयको गेटबाट बाहिरिँदै गर्दा एउटाले भन्यो ‘दाई लाइसेन्स अर्जेन्ट चाहिने हो भने काम गरिदिन्छु !’ मैले भने, ‘भो भाई पर्दैन, म कुरेरै लिउँला।’

    मेरो गल्ती, या अपराध !
    समयमै लाइसेन्स रिन्यू गर्नुपर्छ भन्ने चेत हुँदाहुँदै लाइसेन्स रिन्यू नगर्दा डबल फाइनमा पर्नु ।
    केही सरकारी तथा अधिकांश नीजि कार्यालय र व्यवसायमा क्यासलेस (कार्ड, अनलाइन) बाट कारोबार हुन्छ यातायातमा पनि होला भन्ठानेर क्यास पैसा नलिइकन जानु

    यातायात व्यवस्था कार्यालयको गल्ती या कमजाेरी
    क्यासलेस (क्यूआर, एटिएम, अनलाइन) सेवा सञ्चालन नगर्नु ।
    कार्यालय परिसरमै विचौलियालाई ठाउँ दिनु ।

    सरकारले जनतालाई सवर्सुलभ सेवा प्रदान गर्ने हाेभने, प्रविधि मैत्री हुनुपर्ने हाे । तर, नेपालका अधिकांश सरकारी निकाय जानीजानी सेवाग्राही नबनाइएकाे हाे । हरेक सरकारी निकायले लिने राजश्व अनलाइन बैकिङ प्रणालीबाट डाइरेक्ट सरकारी खातामै जम्मा गर्ने व्यवस्था गर्न कुनै ठूलाे कार्य हैन । तर, यसाे गर्दा त्यहाँका हाकिम र कर्मचारीहरूले विचाैलियाबाट दैनिक पाउने खान्की गुम्दाे चैं रहेछ । नत्र, हरेक नीजि कार्यालयहरू अनलाइन सिस्टममा गइसक्दा यातायात व्यवस्था कार्यालयलाई चाहीँ केले राेकिरहेकाे हाे ?

    पछिल्लाे समय क्यासलेस सिस्टम हरेक क्षेत्रमा पुगिसक्याे । नीजि कार्यालयहरूदेखि ठूल्ठूला सपिङ मलसम्म क्यासलेस छ । तरकारी किन्न जाँदा हाेस् वा लुगाकपडा किन्न जाँदा माेवाइल, एटिएमबाटै भुक्तानी गर्न सकिन्छ । यहाँसम्मकी सैलुनमा, सार्वजनिक शाैचालयमा समेत क्यूआरबाट पैसा तिर्न सकिन्छ।

    क्यासलेसकाे अर्काे फाइदा तपाइले कुनै पनि सेवा र वस्तुकाे जति मुल्य हुन्छ त्यत्ति नै दिन सक्नुहुन्छ । उदाहरणका लागि १२०.५० पैसाकाे सामान किन्नु भयाे भने तपाईले माेवाइल बैकिङ वा कार्ड स्वाएपबाट त्यत्ति नै पैसा तिर्न सक्नुहुन्छ।

    तर, नगद काराेबार गर्दा १२०.५० पैसा दिन सकिन्न । आजभाेली ५० पैसा हैन ५ रूपैंया भन्दा तलकाे नाेट नै पाइन्न । यस्ताेमा तपाईले कि १२० मा सामान वा सेवा पाउनु पर्याे या तपाईले ५ रूपैंया बढि तिर्नुपर्याे । अँ, किराना पसलमा चकलेट छ भने २, ४ वटा पाउनु हुन्छ १२५ रूपैंया तिरेपछि । भन्नेले जावाे ५, १० रूपैंयाकाे कुरा भन्लान् तर, हरेक सेवाग्राहीबाट ५, १० रूपैंया बढी लिएकाहरूलाई भ्रष्टाचार गर्न हामीले नै पाे प्राेत्साहन गरिरहेका छाैं कि ! जनतालाई सहज रूपमा डेलिभरी दिने क्षेत्रलाई प्रविधिमैत्री बनाउँदा शुशासन कायम हुन्छ । विचाैलिया हट्छन् । राज्यप्रति, सरकारप्रति नागरिककाे विस्वास बढ्छ । यति कुरा पनि राज्य चलाउनेहरूका मस्तिष्कमा किन नघुसेकाे हाेला ! याे चेत यातायात व्यवस्था कार्यालयमा मात्र हैन राज्यका हरेक निकायमा कहिले पुग्ला !

    शनिबार, माघ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation