सर्लाही । जिल्लाको दक्षिण पश्चिम भेगस्थित गोडैता नगरपालिका–८, सिसौटियामा मंगलबार राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ।
गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका मालिक तथा चालक गोडैता नगरपालिका–७ का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो।
चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।
दुर्घटनामा गोडैता नगरपालिका–८ बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८ बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतक र घाइतेलाई ट्याक्टरले थिचिरहेको अवस्थामा इस्काभेटर प्रयोग गरेर बाहिर निकालिएको थियो।
सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई जना घाइते
सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई जना घाइते

Advertisement
तपाईको प्रतिक्रिया