दाङ । लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेकाे छ ।
आज बुधवार बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो ।
बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली २०८० स्वीकृत गरेकाे छ । त्यसैगरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली २०८० स्वीकृत गरेकाे प्रवक्ता पाण्डेयले बताउनुभयाे ।
मन्त्रिपरिषद् बैठकले सिकलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन कार्यविधि २०८०, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्ना सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरेकाे छ । यस्तै ४० वर्षभन्दा माथिका लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोग स्क्रिनिङ कार्यक्रम सञ्चालन कार्यविधि २०८०, ज्येष्ठ तथा अति अशक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेकाे पाण्डेयले बताउनुभयाे ।