बाँके । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन। मृत्यु भएका सात जनाको पहिचान खुलेको छ। मृत्युु हुनेमा बर्दिया ठाकुरबाबा न.पा. ९ वस्ने वर्ष ५० का काशिराम थारु, ठाकुरबाबा न.पा. ९ बस्ने बर्ष ५५ की कस्तुरी थापा, ठाकुरबाबा न.पा. ९ बस्ने बर्ष ५० की रुपा परियार, ठाकुरबाबा न.पा. ९ बस्ने बर्ष ४० की जयन्ती थारु, बसको सहचालक बर्ष ३५ को पुरुष नामथर वतन नखुलेको,ठाकुरबाबा न.पा. ९ बस्ने बर्ष ६५ को चानुराम थारु, बस चालक जिल्ला बर्दिया ठाकुरबाबा न.पा. ८ बस्ने बर्ष ५५ को जुग बहादुर चन्द र गम्भीर घाईतेको हुनेमा ठाकुरबाबा न.पा. ९ बस्ने बर्ष ६७ का बल बहादुर थारु, सोही निबासी बर्ष ४० कि आशा बिक रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएका छन।
बेहनी सामुदायिक बन उपभोक्ता समितिलेले एक दिने भ्रमणका लागि दाङको चखौरा थारु संग्रहालय र धारापानी मन्दीरमा ल्याएको थियो। अबलोकन गरेर घर फर्कदा कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे बस ट्रकमा ठोक्किएको थियो।