रुपन्देही। समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समिति घोषणा गरेको छ ।बुटवलमा आज आयोजित समाजवादी मोर्चाको ‘सन्देश सभा’मा समितिका सदस्यहरूको नाम घोषणा गरिएको हो । जसमा मोर्चा सम्बद्ध दलबाट तीन तीन जना नेता रहेका छन् ।
मोर्चामा नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गा बहादुर थारु र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा चयन भएका छन्।
यसै गरी एकीकृत समाजवादीको तर्फबाट पोलिटब्युरो सदस्य सोम पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी रहेका छन् । त्यस्तै जसपाबाट नवीन कुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् । यस्तै नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चाको कमिटीमा समावेश भएका छन् ।
समितिको नेतृत्व चार महिनाका लागि नेकपाले गर्नेछ ।
सभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लवलगायतले सम्बोधन गरेका थिए ।
समाजवादी मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन्।
