• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

झिमरुकमा उपाध्यक्षले लगाए भ्रष्टाचारको आरोप, कर्मचारीद्वारा बचाउ


  •   बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
  • प्युठान । प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले गाउँपालिका अध्यक्ष पितबहादुर एमसी र कर्मचारीहरुको मिलेमतोमा लाखौं रकम भ्रष्टाचार भएको भन्दै छानविनका लागि सार्वजनिक आव्हान गरेका छन् ।
    नेकपा माओवादी केन्द्रबाट अध्यक्ष बनेका एमसीलाई नेपाली कांग्रेसबाट उपाध्यक्ष बनेका पोखरेलले लगाएको गम्भीर आरोप पालिकामा रहेका कर्मचारीले भने विज्ञप्ती नै निकालेर बचाउ गर्न खोजेका छन् ।
    उपाध्यक्ष पोखरेलले पालिकामा आवश्यक सामग्रीहरु बिनाटेण्डर खरिद गरेको विषय आफूले पटक पटक उठाएपनि अध्यक्ष र कर्मचारीले अटेर गरी आफू नजिकका पसलहरुबाट खरिद गरेको र यसमा लाखैं रकम अपचलन भएको हुनसक्ने भन्दै छानविनको माग गरेका छन् ।

    Advertisement

    उपाध्यक्ष प्रमोद पोख्रेलद्वारा जारी विज्ञप्ती

    उनले ४ महिनादेखि आन्तरिक रुपमा यो विषय उठाएपनि कुनै सुनुवाई नभएको भन्दै सामाजिक सन्जालमै पालिकामा असहमति राखेका छन् ।
    प्युठानको झिमरुक गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी बीचको टकराव बढ्दै गएको छ । एक र अर्कोबीच आरोप र प्रत्यारोप बढ्दै जाँदा पालिकाभित्र राजनीतिक टकराव सृजना हुन पुगेको छ । सुरुवातमा झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले अनियमितताको आरोप लगाउनुकासाथै पालिकामा ब्यापक भ्रष्टाचार भएको भन्दै सामाजिक संजाल फेसबुकमा लाइभबाट सार्वजनिक गर्दै पछि बिज्ञप्तीसमेत जारी गरेका थिए ।
    नेपाली काँग्रेसका नेता समेत रहेका पोखरेलले झिमरुकमा अनियमितता रहेको भन्दै छानविन गर्न माग राखेपछि कांग्रेस, माओबादी केन्द्र र कर्मचारीबीचको दुरी बढाएको छ ।
    उता झिमरुकमा कार्यरत कर्मचारीहरुले भने उपाध्यक्षले लगाएको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।
    उपाध्यक्ष पोखरेलले टेलिफोनमा कुराकानि गर्दै पालिकामा आवश्यक पर्ने स्टेशनरी, औषधि, खाद्यान्नलगायतका सबै सामाग्री खरिद गर्दा बिनाटेण्डर गरिएकाले आफूले यो विषय उठाएको बताए । ‘मैले धेरै पटक आन्तरिक रुपमा यो विषय उठाएँ, मेरो कुराको कुनै सुनुवाई गरिएन, म बाध्य भएर सबै मतदाता र तपाईहरुलाई यो विषय सार्वजनिक गर्न बाध्य भएँ, यसको निष्पक्ष छानविन नभएसम्म मैले छाड्दिन, कर्मचारीले बिनाटेण्डर अध्यक्षको मिलेमतोमा सामान खरिद गरेको प्रमाण छ तर उनीहरुले मेरा विरुद्ध विज्ञप्तीबाजी गरेका छन् ।’ पोखरेलले भने ।
    पालिकामा उपाध्यक्ष आफै अनुगमन समितिको संयोजक हुन्छ तपाईले यो विषय भित्र किन नगरेको भन्ने प्रश्नमा पोखरेलले मेरो आवाज कुनै सुनुवाई नभएकाले सार्वजनिक गरेको हुँ भने । यही जेठ २४ गते सडकको ठेक्का भुक्क्तानी नभएको भन्दै अध्यक्ष पितबहादुर एमसीका छोराले प्रमुख कार्यकारी अधिकृतलाई कार्यकक्षमै दुव्र्यवहार गरेपछि अहिलेसम्म यहाँ निमित्तले चलाएका छन् । यो विषयमा उपाध्यक्ष पोखरेलले काम पूरा नगर्दै भुक्तानी दिन नसकिने जनाएपछि अध्यक्ष र उपाध्यक्षको दुरी बढेको पालिकाका कर्मचारी बताउँछन् । कर्मचारीको भनाइमा अध्यक्ष र उपाध्यक्षबीचको आपसी द्वन्द्वमा कर्मचारीलाई समस्यामा पारिएको दावी गरिएको छ । पालिकाका निमित्त प्रमुख तथा सूचना अधिकारी हरिप्रसाद पोखरेलले उपाध्यक्षले सामाजिक सन्जालमा लगाएको आरोपको खण्डन गर्दै विज्ञप्ती निकालेको र यथार्थ विषय जानकारी दिएको बताए । ‘जेठ २४ मा यसअघिका कार्यकारीमाथि गलत व्यवहार भयो, २९ गतेपछि उहाँ जानुभयो, अहिलेसम्म नयाँ कोही आउनुभएको छैन, असार १३ देखि म निमित्त छु, अध्यक्षज्यूको सल्लाहअनुसार सार्वजनिक खरिद ऐनअनुसार आवश्यक सामान खरिद गरेका छौं, सबै सामान किन्दा टेण्डर गर्न संभव नभएर नै यो कानुन बनेको हो, सबै बिल सुरक्षित छन्, छानविनका लागि खुला छ, अनावश्यक आरोप लगाएर कसैलाई फाइदा हुँदैन ।’ पोखरेलले भने ।
    गाउँपालिका अध्यक्ष पितबहादुर एमसीले समस्या समाधानका लागि उपाध्यक्ष र कर्मचारीसहितको बैठक बसालेर छिटै समाधान गर्ने बताए । ‘अत्यावश्यक सामान टेण्डरबिना पनि किनिएको हो, ८ वटा वडा छन्, स्वास्थयचौकीमा औषधि सकिएपछि तत्काल किन्नुपर्ने हुन्छ, ठूलो परिणाममा होइन सानो सानो परिणाम यसरी गरिएको छ, उपाध्यक्षले आन्तरिक विषय बाहिर नलगेको भए राम्रो हुनेथियो’ एमसीले भने, ‘मैले कार्यबाहक दिएर काठमाण्डौं गएको थिएँ, आउँदा त पूरै सामाजिक सन्जालमा छरपष्ट पार्नुभएको रहेछ, उहाँले देखेको समस्या के हो ? त्यो विषयमा पनि हामी छलफल गरेर जान तयार छौं, समाधान गछौं ।’ उता झिमरुक गाउँपालिकाले झिमरुकका बिषयमा आएका बिषयमा छानमिन समिती गठन गर्ने र समितीले तयार पारेको प्रतिबेदनको पत्रकार मार्फत लाईभ प्रसारण गर्ने निर्णय गरेको जानकारी दिएको छ।
    स्थानीय तहको निर्वाचनमा केन्द्रीय गठबन्धन विपरीत माओवादीले एमालेसँग तालमेल गरेर यहाँ अध्यक्ष जितेको थियो । यहाँ कुनै पार्टीको एकल बहुमत छैन । कांग्रेस एमाले, जनमोर्चा र माओवादी सबैको उपस्थिति भएपनि माओवादी चौथो शक्ति हो ।

    बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...