• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राष्ट्रिय युवा संघ प्युठानको अध्यक्षमा महेश पाण्डे चयन

रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज

सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

मिस्टर नेसनलमा बीरगञ्जका अजहरको चमक, दोहोरो उपाधि हात

लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

अर्काे बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीकाे घाेषणा

दाङमा लागुऔषधसहित दुई जना पक्राउ

३१ फिट पछाडि सर्‍यो भिगृको तिनतले घर

लोकप्रिय समाचार

  • १. राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने

  • २. रेसुङ्गा विमानस्थलबाट उडान थप

  • ३. खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

  • ४. गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

  • ५. वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै

  • ६. गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

  • ७. वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै

  • ८. ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

  • ९. रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

  • १०. ब्राउन सुगरसहित महिला पक्राउ

झिमरुकमा उपाध्यक्षले लगाए भ्रष्टाचारको आरोप, कर्मचारीद्वारा बचाउ


  •   बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
  • प्युठान । प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले गाउँपालिका अध्यक्ष पितबहादुर एमसी र कर्मचारीहरुको मिलेमतोमा लाखौं रकम भ्रष्टाचार भएको भन्दै छानविनका लागि सार्वजनिक आव्हान गरेका छन् ।
    नेकपा माओवादी केन्द्रबाट अध्यक्ष बनेका एमसीलाई नेपाली कांग्रेसबाट उपाध्यक्ष बनेका पोखरेलले लगाएको गम्भीर आरोप पालिकामा रहेका कर्मचारीले भने विज्ञप्ती नै निकालेर बचाउ गर्न खोजेका छन् ।
    उपाध्यक्ष पोखरेलले पालिकामा आवश्यक सामग्रीहरु बिनाटेण्डर खरिद गरेको विषय आफूले पटक पटक उठाएपनि अध्यक्ष र कर्मचारीले अटेर गरी आफू नजिकका पसलहरुबाट खरिद गरेको र यसमा लाखैं रकम अपचलन भएको हुनसक्ने भन्दै छानविनको माग गरेका छन् ।

    Advertisement

    उपाध्यक्ष प्रमोद पोख्रेलद्वारा जारी विज्ञप्ती

    उनले ४ महिनादेखि आन्तरिक रुपमा यो विषय उठाएपनि कुनै सुनुवाई नभएको भन्दै सामाजिक सन्जालमै पालिकामा असहमति राखेका छन् ।
    प्युठानको झिमरुक गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी बीचको टकराव बढ्दै गएको छ । एक र अर्कोबीच आरोप र प्रत्यारोप बढ्दै जाँदा पालिकाभित्र राजनीतिक टकराव सृजना हुन पुगेको छ । सुरुवातमा झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले अनियमितताको आरोप लगाउनुकासाथै पालिकामा ब्यापक भ्रष्टाचार भएको भन्दै सामाजिक संजाल फेसबुकमा लाइभबाट सार्वजनिक गर्दै पछि बिज्ञप्तीसमेत जारी गरेका थिए ।
    नेपाली काँग्रेसका नेता समेत रहेका पोखरेलले झिमरुकमा अनियमितता रहेको भन्दै छानविन गर्न माग राखेपछि कांग्रेस, माओबादी केन्द्र र कर्मचारीबीचको दुरी बढाएको छ ।
    उता झिमरुकमा कार्यरत कर्मचारीहरुले भने उपाध्यक्षले लगाएको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।
    उपाध्यक्ष पोखरेलले टेलिफोनमा कुराकानि गर्दै पालिकामा आवश्यक पर्ने स्टेशनरी, औषधि, खाद्यान्नलगायतका सबै सामाग्री खरिद गर्दा बिनाटेण्डर गरिएकाले आफूले यो विषय उठाएको बताए । ‘मैले धेरै पटक आन्तरिक रुपमा यो विषय उठाएँ, मेरो कुराको कुनै सुनुवाई गरिएन, म बाध्य भएर सबै मतदाता र तपाईहरुलाई यो विषय सार्वजनिक गर्न बाध्य भएँ, यसको निष्पक्ष छानविन नभएसम्म मैले छाड्दिन, कर्मचारीले बिनाटेण्डर अध्यक्षको मिलेमतोमा सामान खरिद गरेको प्रमाण छ तर उनीहरुले मेरा विरुद्ध विज्ञप्तीबाजी गरेका छन् ।’ पोखरेलले भने ।
    पालिकामा उपाध्यक्ष आफै अनुगमन समितिको संयोजक हुन्छ तपाईले यो विषय भित्र किन नगरेको भन्ने प्रश्नमा पोखरेलले मेरो आवाज कुनै सुनुवाई नभएकाले सार्वजनिक गरेको हुँ भने । यही जेठ २४ गते सडकको ठेक्का भुक्क्तानी नभएको भन्दै अध्यक्ष पितबहादुर एमसीका छोराले प्रमुख कार्यकारी अधिकृतलाई कार्यकक्षमै दुव्र्यवहार गरेपछि अहिलेसम्म यहाँ निमित्तले चलाएका छन् । यो विषयमा उपाध्यक्ष पोखरेलले काम पूरा नगर्दै भुक्तानी दिन नसकिने जनाएपछि अध्यक्ष र उपाध्यक्षको दुरी बढेको पालिकाका कर्मचारी बताउँछन् । कर्मचारीको भनाइमा अध्यक्ष र उपाध्यक्षबीचको आपसी द्वन्द्वमा कर्मचारीलाई समस्यामा पारिएको दावी गरिएको छ । पालिकाका निमित्त प्रमुख तथा सूचना अधिकारी हरिप्रसाद पोखरेलले उपाध्यक्षले सामाजिक सन्जालमा लगाएको आरोपको खण्डन गर्दै विज्ञप्ती निकालेको र यथार्थ विषय जानकारी दिएको बताए । ‘जेठ २४ मा यसअघिका कार्यकारीमाथि गलत व्यवहार भयो, २९ गतेपछि उहाँ जानुभयो, अहिलेसम्म नयाँ कोही आउनुभएको छैन, असार १३ देखि म निमित्त छु, अध्यक्षज्यूको सल्लाहअनुसार सार्वजनिक खरिद ऐनअनुसार आवश्यक सामान खरिद गरेका छौं, सबै सामान किन्दा टेण्डर गर्न संभव नभएर नै यो कानुन बनेको हो, सबै बिल सुरक्षित छन्, छानविनका लागि खुला छ, अनावश्यक आरोप लगाएर कसैलाई फाइदा हुँदैन ।’ पोखरेलले भने ।
    गाउँपालिका अध्यक्ष पितबहादुर एमसीले समस्या समाधानका लागि उपाध्यक्ष र कर्मचारीसहितको बैठक बसालेर छिटै समाधान गर्ने बताए । ‘अत्यावश्यक सामान टेण्डरबिना पनि किनिएको हो, ८ वटा वडा छन्, स्वास्थयचौकीमा औषधि सकिएपछि तत्काल किन्नुपर्ने हुन्छ, ठूलो परिणाममा होइन सानो सानो परिणाम यसरी गरिएको छ, उपाध्यक्षले आन्तरिक विषय बाहिर नलगेको भए राम्रो हुनेथियो’ एमसीले भने, ‘मैले कार्यबाहक दिएर काठमाण्डौं गएको थिएँ, आउँदा त पूरै सामाजिक सन्जालमा छरपष्ट पार्नुभएको रहेछ, उहाँले देखेको समस्या के हो ? त्यो विषयमा पनि हामी छलफल गरेर जान तयार छौं, समाधान गछौं ।’ उता झिमरुक गाउँपालिकाले झिमरुकका बिषयमा आएका बिषयमा छानमिन समिती गठन गर्ने र समितीले तयार पारेको प्रतिबेदनको पत्रकार मार्फत लाईभ प्रसारण गर्ने निर्णय गरेको जानकारी दिएको छ।
    स्थानीय तहको निर्वाचनमा केन्द्रीय गठबन्धन विपरीत माओवादीले एमालेसँग तालमेल गरेर यहाँ अध्यक्ष जितेको थियो । यहाँ कुनै पार्टीको एकल बहुमत छैन । कांग्रेस एमाले, जनमोर्चा र माओवादी सबैको उपस्थिति भएपनि माओवादी चौथो शक्ति हो ।

    बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना
    अर्काे बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीकाे घाेषणा
    नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ
    अब माछाका २० बढी परिकार पस्किन सकिने
    विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
    ढकियाभरि काफल, मनभरि पढ्ने रहर

    लोकप्रिय

    • १.
      रेसुङ्गा विमानस्थलबाट उडान थप

    • २.
      राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ

    • ३.
      वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’

    • ४.
      धनकुटामा बस दुर्घटना: तीनको मृत्यु, ११ घाइते

    • ५.
      कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी

    • ६.
      खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच

    भर्खरै

    • १.
      राष्ट्रिय युवा संघ प्युठानको अध्यक्षमा महेश पाण्डे चयन

    • २.
      रोल्पामा १८ लाख बढी बीमा रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

    • ३.
      कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज

    • ४.
      सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको ज्यान गयो

    • ५.
      मिस्टर नेसनलमा बीरगञ्जका अजहरको चमक, दोहोरो उपाधि हात

    • ६.
      लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति अर्खामा स्थापना

    • ७.
      अर्काे बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने प्रधानमन्त्रीकाे घाेषणा

    • ८.
      दाङमा लागुऔषधसहित दुई जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...