• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

सिंचाई सुबिधाका लागि पानी पुगेपछि सेउघा वासी हर्षित


  •   बिहिबार, असार २८, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । आकाशे पानीको भरमा मौसमी तथा बेमौसी खेती गर्दै आएका गुल्मी जिल्लाको सेउघा वासीलाई सिंचाई सुबिधा पुगेको छ । रैदि सेउघा सिंचाई आयोजना मार्फत पानी पुगेपछि कृषकहरु हर्षित भएका छन् ।
    जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ४ स्थित सेउघामा सिंचाई आयोजना पानी पुगेको हो । वषौंदेखि आकाशे पानीको भरमा कृषकले खेती गर्दै आएका थिए ।
    तर अहिले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीले सिंचाई योजनाको काम सम्पन्न गरेपछि त्यहाँका कृषकलाई सहज भएको हो । सिंचाई अभावमा निकै कष्टपूर्ण अवस्थामा तरकारी खेती गर्दै आएका कृषकहरुले सिंचाई सुबिधाको माग गरेका थिए ।
    त्यस स्थानमा ४ वर्ष पहिलेबाट भगवती कृषि दर्ता गरेर कृषि गर्दै आएका झबि पाण्डेले सिंचाई सुबिधा नहुँदा खानेपानी मध्येबाट निकै कष्टपूर्ण अवस्थामा तरकारी खेती गर्दै आएको बताए । उनले अहिले मौसी र बेमौसी तरकारी खेती उत्पादन गर्दै आएका छन् ।
    पानीको अभावमा सेउघामा व्यवसायीक रुपमा तरकारी खेती गर्नेको संख्या निकै कम थियो । अहिले त्यस स्थानमा सिंचाई योजना सम्पन्न भएपछि एक कार्यक्रमका रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वजपन्थी र वडाअध्यक्ष लिलाधर आचार्यले काम सम्पन्न भएको सम्झौता पत्र उपभोक्ता समिति र जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीलाई हस्तातरण गरेका हुन् ।
    सिंचाई योजना सम्पन्न भएपछि त्यस स्थानका कृषकहरुलाई मौसमी र बेमौसी तरकारी खेती उत्पादन गर्न आकाशे पानी कुर्नु पर्ने बाध्यता अत्य भएको छ । रैदीखोलाबाट करिब ३० वर्ष पहिले कुलो बनाएर पानी ल्याएर स्थानीयले सिंचाई गर्ने गर्दथे ।
    तर त्यो कुलो तम्घास सिमलटारी सडक बिस्तारको क्रममा क्षतीभएपछि त्यहाँका कृषकहरु निराश थिए। अहिले करिब ३० वर्ष पछि पानीआएपछि कृषक उत्साहित भएका छन् ।
    सिंचाई आयोजना हस्तातरण गर्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आयोजनाबाट अधिकत्तम फाइदा लिन कृषकलाई आग्रह गरे । यस क्षेत्रका कृषकले यो सिंचाई आयोजनाबाट मौसमी र बेमौसमी तरकारी खेती उत्पादन गर्न तर्फ जोड दिए ।
    अहिले नगरपालिकाको नीति उत्पादन तर्फ बढि ध्यान केन्द्रीत रहेको पन्थीले बताए । कृषकले उत्पादन गरेका तरकारी लगायतका बाली बेच्नका लगि नगरपालिकामा हाटबजार रहेकाले कुनै समस्या नहुने बताए ।
    रैदि सेउघा सिंचाई आयोजना २०७९ साल फागुन ११ गते असार मसान्त सम्म काम सम्पन्न गर्नेगरि सम्झौता गरिएको थियो । निर्माण व्यवसायिले तोकिएकै मितिमा उक्त योजना सम्पन्न गरेका छन् ।
    सेउघामा सिंचाई सुबिधा पुगेपछि २ सय रोपनी क्षेत्रफलमा सिंचाई सुबिधा हुनेभएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख भरतप्रसाद सापकोटाले बताए । रैदी खोलाको पानी कल्पना समेत नगरेको स्थानमा सिंचाई सुबिधा पुर्याउन सफल भएको सापकोटाले बताए ।
    रैदी खोलामा सानो टंकी निर्माण गरेर पाइप मार्फत पानी सेउघामा लगिएको हो । २ हजार ४ सय मिटर परबाट साठी एमएमको पाइप मार्फत पानी पुगेको हो।
    सिंचाई सुबिधाका लागि त्यसका लागि २ वटा टंकी निर्माण गरिएको छ । जसमा १ सय २० घन मिटरको र अर्को १९ घनमिटरको टंकी निर्मँण भएको सापकोटाको भनाई छ ।
    रैदी सेउघा सिंचाई आयोजना ३८ लाख ३८ हजार ३२२ रुपैयाँको लागतमा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष नवराज कुँवरले बताए । छोटो अबधिमा काम सम्पन्न गरेर अहिले कृषकका घर घरमा सिंचाई पानी पुगेको उनलेे बताए ।
    उब्जाउ योग्य जमीन भएको स्थानमा सिंचाई सुबिधा पुगेपछि त्यहाँका कृषकहरु कृषि कर्म तर्फ लाग्न उत्साहित बनाएको स्थानीय कृषक कुँवरले बताइन् । पहिले खाना खाएर हात चुठेको पानी संकलन गरेर लसुन लगायत तरकारी लगाउने गरेको स्मरण गराइन ।

    Advertisement

    बिहिबार, असार २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...