• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

ब्राउन सुगरसहित महिला पक्राउ

गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

धनकुटामा बस दुर्घटना: तीनको मृत्यु, ११ घाइते

लोकप्रिय समाचार

  • १. नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान गयो

  • २. घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

  • ३. अब माछाका २० बढी परिकार पस्किन सकिने

  • ४. आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा

  • ५. नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव

  • ६. बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

  • ७. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ८. लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

  • ९. विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

  • १०. एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र

रासायनिक मलको दुरुपयोग गर्ने सहकारी रङ्गे हात समातियो


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • काठमाडौं । साल्ट ट्रेडिङ काभ्रेले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो ।

    Advertisement

    जिल्लामा मल बितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो ।

    त्यहीँ शिलशिलामा साल्ट ट्रेडिङ बनेपाबाट धुलिखेल नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती कृषि सहकारीलाई दिइएको ३० बोरा डिएपी मलमा दुरुपयोग भएको पाइएको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताए ।

    सरस्वती कृषि सहकारीका अध्यक्ष जेके श्रेष्ठले धुलिखेलका किसानका लागि भनेर साल्ट ट्रेडिङबाट ३० बोरा रासायनिक मल लगेका थिए । तर उक्त मल धुलिखेल नभएर पाँचखाल लैजादै गर्दा बाटोमै जफत गरिएको छ । अध्यक्ष श्रेष्ठले प्रति बोरा ३ हजार पाउने गरी पाँचखाल बेच्न पठाएको युवा संघका सचिव शाहले बताए ।

    एक गाडी मार्फत लगिएको उक्त मललाई बाटोमै युवा संघले नियन्त्रणमा लिएको थियो । कमिसन खाएर मल दिइएको सूचना पाएपछि युवा संघ विशेष निगरानीमा लागेको र मल लगेको प्रमाण माग्दा दुरुपयोग भेटिएको उनले बताए ।

    पाँचखालमा प्रति बोरा ३ हजारमा पठाएर सहकारीले ६ सय ३० कमिसन खाएको भेटिएको छ । पाँचखालबाट व्यापारीले ३ हजार ५ सयसम्ममा किसानलाई मल बेच्ने गरेको जनाइएको छ ।

    साल्ट ट्रेडिङले सरस्वती सहकारीलाई छुट्टाएको कोटा ३ सय १० हो । तर यो सहकारीलाई साल्टले १ हजार ३ सय ७ बोरा मल दिएको पाइएको छ । चालु आवमा साल्ट ट्रेडिङले बितरण गर्ने मलको रिपोर्ट माग्दा उक्त प्रमाण भेटिएको छ ।

    साल्टले कोटा भन्दा कयौं गुणा बढी मल सहकारीलाई किन दिएको यस बिषयमा थप अनुसन्धान हुने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले बताए । यस बिषयमा साल्टको कार्यालय बनेपा पुगेका जिसस प्रमुख गौतमले आफूले यस बिषयलाई मसिनो गरी अनुसन्धान गर्ने र दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

    यता रासायनिक मलको दुरुपयोग भएको बिषयलाई कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा जानकारी दिइएको छ । मन्त्रालयले आवश्यक अनुसन्धान गर्ने जनाएको छ । अनुदानको मल बितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङबाट किन यस्तो भएको हो यसको छानबिन हुने मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय रासायनिक मलको दुरुपयोग हुन थालेको सूचना पाएपछि कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले मातहतका निकायलाई नियमनको लागि निर्देशन दिएका छन् । रासायनिक मलको अभाव नभएको बेलामा किसानले मल नपाउने स्थिति आउनु दु:खद भएको भन्दै मल बितरण प्रणालीमा मन्त्री भुसालले चासो राख्दै आएका छन् । यहीँ बेला काभ्रेमा अनियमितता भेटिएको हो ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ
    गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग
    कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव
    खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
    आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा
    खानेपानीकै लागि बस्ती सार्नु पर्ने अवस्थाको अन्त्य गर्छौँ : मन्त्री यादव

    लोकप्रिय

    • १.
      घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

    • २.
      अब माछाका २० बढी परिकार पस्किन सकिने

    • ३.
      नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान

    • ४.
      नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री

    • ५.
      बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना

    • ६.
      शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

    भर्खरै

    • १.
      नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

    • २.
      नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

    • ३.
      राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

    • ४.
      ब्राउन सुगरसहित महिला पक्राउ

    • ५.
      गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

    • ६.
      कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

    • ७.
      खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

    • ८.
      कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...