• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ४. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ५. खुट्टाले लेखेर ३.४० जिपिए

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ८. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ९. मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

बाढी आयो खेत खण्डहर बनायो


  •   सोमबार, असार १८, २०८० मा प्रकाशित
  • पाँचथर । धान दिवसको दिन फालेलुङ गाँउपालिका ३ सास्टार पुग्दा उराठलाग्दो दृश्य देखियो। यहाँको फाँटिलो खेतमा अघिल्लो साल जस्तो रोपाईको उमंग थिएन। गत साल गाउँपालिकाले धुमधामका साथ धान दिवस मनाएको यो खेत खण्डहर बनेको छ। खेतको कुनै निसोपत्तो छैन। बगरले आफ्नो आकार बढाएर खेत खर्लप्प निलेको छ।

    Advertisement

    खेतको नाममा बगरभन्दा अलि माथि दुई÷चार फोक्टा मात्र बाँकी छन्। फोक्टाको आलीमा तीन जना किसान झोक्राएर बसेका थिए। उनीहरू गडगडाइरहेको हेंवा खोलालाई धारे हात लगाएर गाली गरिरहेका थिए। ‘अलच्छिनी बाढीले गर्नुग¥यो,’ उनीहरूको आक्रोश दैवप्रति थियो ‘किसानको मर्म दैवले बुझेन।’ बगरको बीचमा फालेलुङ–५ लुम्मादिनका दीपेन्द्र केरुङ झोक्राएर ढुंगामा बसेका थिए। ‘३० मूरी धान फल्ने खेत बाढीले एकै छाक बनायो,’ बगर देखाउँदै केरुङले कहानी सुनाए, ‘सारै राम्रो धान फल्ने खेत थियो। असार २ गते रातिको बाढीले सबै सखाप पारिदियो।’ बाढीले खेत बगाएपछि जिउने आधार नै हराएको उनले सुनाए।

    फालेलुङमा अन्नभण्डारको रूपमा चिनिएको घुमाउनेटार ढुंगाभण्डार जस्तो थियो। यहाँको फाँटिलो खेत र गोरु बाँध्ने ग्वालीहरू केही पनि देखिएनन्। धान उत्पादन हुने मलिलो फाँटमा ढुंगा, बालुवा र रोडा थुप्रिएको थियो। ‘हिलो आलि सकेर रोप्न ठिक्क पारेको खेत बाढीले बगायो,’ मच्छेबुङकी देवकुमारी गिरीले भनिन्, ‘१० रोपनी खेत बगरमा परिणत भयो। एक गाबो धान रोप्ने ठाँउ रहेन। यो साल धानको नुवागी गर्न पनि नपाइने भो।’

    गिरीको परिवारले असार ५ गते धान रोप्ने तयारी गरेको थियो। बाउसे, रोपार, बियाडे, हली र गोरुको बन्दोबस्त भइसकेको थियो। असार २ गते रातिको बाढीले खेतमा बितण्डा मच्चाएपछि गिरी परिवार बिछिप्त छ।

    बाढी आएपछि हेंवा खोला आसपासका मलिला खेतहरू बगरमा परिणत भएका छन्। सिँचाइका लागि निर्माण गरिएका कुलोहरू भत्किएपछि बाँकी खेतहरूमा धान रोप्न सकिएको छैन। खेत खोलाले बगाएपछि किसानले असारे भाकामा धान रोप्न पाएका छैनन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    सोमबार, असार १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु,

    • ४.
      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर

    • ५.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation