धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन्।
साविक रमदैया भवाडी गाविस–२, ३, ४, ६, ७ र ८ का स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले लामो समयपछि आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन्। उक्त क्षेत्रमा २०७४ सालमै नापजाँच सम्पन्न भए पनि नापनक्सापछि पूरा गर्नुपर्ने कानुनी तथा प्रशासनिक प्रक्रिया बाँकी रहँदा लालपुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाएर नापी कार्यालय धनुषाले ३८८ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।
लालपुर्जा प्राप्त भएसँगै स्थानीयले जग्गाको कानुनी स्वामित्व पाएका छन्। यसबाट जग्गासम्बन्धी विवाद समाधान गर्न तथा बैंक तथा वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण लिनसमेत सहज हुने बताइएको छ। यसअघि धनुषाका ३ हजार ९ सय ६६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।
धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
Advertisement
तपाईको प्रतिक्रिया