रानिमहलको व्यवस्थापनमा तानसेन नगरपालिका उदासिन

जनक राज भट्टराई, पाल्पा । नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानिमहल नयाँ बर्ष मनाउने आन्तरिक पर्यटनले भरिभराउ भएको छ । उत्तर वाहिनी कालीगण्डकीको तटमा अवस्थित रानिमहलमा कालीगण्डकी स्नानसंगै ताजमहल हेर्न कै लागि घुइँचो लागेको स्थानीय बताउछ्न । पछिल्लो समय तानसेनबाट सहजै यातायातको सुबिधा भएकाले पनि आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बनेको होटेल व्यासायी बताउछ्न ।
आज मात्रै करिब १० हजार आन्तरिक पर्यटकले रानिमहल भ्रमण गरेको रानिमहल प्रहरी बिटका प्रमुख दधिराम कार्कीले जानकारी दिनुभयो उहाले तानसेन नगरपालिकाले कर्मचारी व्यवस्थापन नगर्दा सुरक्षा व्यवस्थापन सङ्गै दरबारको सुन्दरताको काम पनि प्रहरीले नै गर्नु पर्दा साह्रै कठिनाइ भएको बताउनु भयो ।
विभिन्न रङ्गका फूलहरु फुलेर रङ्गीचङ्गी बनेको महल परिसरमा पानी बिनाको पोखरी कुरुप जस्तो देखिएको थियो। केही समय अगाडि पुर्व प्रधानमन्त्री केपि शर्मा ओली आउँदा पानी फोहोरा सङ्गै सुन्दर आगन देखाएको तानसेन नगर सरकार आज १० औ हजार आन्तरिक पर्यटन आउदा त्यहा केवल टिकट काट्न मात्रै व्यस्त देखिन्थ्यो । प्रचारको भरमा हजारौं खर्च गरेर अर्घाखाँचीबाट घुम्न आएका पर्यटक रमेश के सि ले यहाँको व्यास्थापन देखेर मन खिन्न पार्दै भन्नूभयो, ‘कहाँ के को लागि खर्च भएको छ यो टिकटको ५० रूपिया ?’
विकासको लागि साह्रै काम गरे भन्दै भाषण गर्ने तानसेन सरकार खै के विकास भएको छ त फुल सुकेका छ्न,पोखरी सुख्खा छ्न ,दरबार परिसरमा निजी व्यावसाय संचालन भएका छ्न टिकट काट्न लागि कर्मचारी खटाउने नगर सरकार रानिमहलको बिकास र ब्यबस्थापनमा भने उदासिन देखिएको स्थानियको आरोप छ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...