भैरहवा बहुमुखीमा अनेरास्ववियुको प्यानलै निर्वाचित

भैरहवा ।  रुपन्देहीस्थित भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । बिहीबार सम्पन्न मतपरिणाम अनुसार अनेरास्ववियुका सागर न्यौपानेले ५ सय ५१  मत ल्याएर स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। उनी प्रतिद्वन्दिको भन्दा १५३ मत बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यसैगरी सचिवमा शनि कलवार, कोषाध्यक्षमा मनोज पन्थ, सदस्यहरुमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित भएका छन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...