अनिल खत्री, गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक रहेको बताएका छन्। आइतबार नेकपा एमाले गुल्मीको छैठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै एमाले उपमहासचिव ज्ञवालील कांग्रेसले प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने प्रबृत्तिले इतिहासमै निर्लज्जता देखाउदै लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको बताए ।
उनले सरकारको लागि शितलनिवासमा दावा पेश गर्दा प्रधानमन्त्री पद नेकपा माओवादी केन्द्रलाई, एमालेलाई रास्ट्रपति र सभामुख दिने भन्दा अरु दलहरु पनि साक्षी रहेको उल्लेख गरे । त्यस आधारमा माओवादी यो सहमतिमा ब्याक नहुने ज्ञवालीको तर्क छ ।
सभामुखमा जस्तो निर्णय हुन्छ उनले भने, ‘तलमाथि हुदैन भन्ने कुरामा विश्वस्त छु’ । अनेक शक्तिकेन्द्रहरु राष्ट्रपति आफ्नो अनुकुल ल्याउन चलखेल भैरहेको उनले बताए ।
राष्ट्रिभक्तिपुर्ण आन्दोलन कमजोर बनाउने, राजनीतिक अस्थिरता बनाईराख्न, विभिन्न संस्थाहरु न्यायलय राष्ट्रपति जस्तो संस्था बिवाबिद बनाउने प्रयत्न भैरहेको ज्ञवालीको तर्क छ । यी सबै चुनौती र घेरा तोड्दै अहिलेको गठबन्धन समीकरण अघि बढ्नु पर्नेमा जोड दिए ।
यो गठबन्धन समीकरण तलमाथि हुदा धेरै उथलपुथल हुनेछ ज्ञवालीले भने, ‘त्यसकारण यो अघि बढ्छ’ । यो सरकारले सन्देश राम्रो दिएको र न्युनतम सझा कार्यक्रम राम्रो ल्याएको बताए ।
अहिले शेयरबजारमा राम्रो संकेत दिएर ब्यवसायमा राहातको महसुस देखिएको को उनको भनाई छ । सत्ता टिकाउन यसअघि प्रदेशमा झ्याल मा मन्त्रालय रहेको अवस्थामा अहिले १६ मन्त्रालय घटाएर शुरूवाती सन्देश दिएको ज्ञवालीले बताए ।
कांग्रेस प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक ः प्रदीप ज्ञवाली
कांग्रेस प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक ः प्रदीप ज्ञवाली
Advertisement
तपाईको प्रतिक्रिया