सनिउल्ला धोबी,कपिलबस्तु। कपिलवस्तुको चन्द्रौटामा अहिले सातौं महोत्सव लाग्दै छ । जिल्लाको पश्चिमी क्षेत्रको रुपमा रहेको चन्द्रौटामा २०७१ मंसिर ३ देखि २४ गतेसम्म प्रथम चन्द्रौटा महोत्सव लागेको थियो ।
होटल ब्यवासायी सघं कपिलवस्तुले चन्द्रौटामा पहिलो पटक महोत्सवको बिजारोपण गरेको हो ।
दोस्रो चन्द्रौटा महोत्सव चन्द्रौटा उद्योग बाणिज्य सघं कपिलवस्तुले आयोजना गरेको थियो । दोस्रो महोत्सव आयोजना गर्दा आयोजक को हुने भन्ने विषयमा ब्यापक बिबाद भएको थियो । होटल ब्यावसायी सघंले सुरुवात गरेको महोत्सव दोस्रो बर्ष नै आयोजक हुने विषयमा विबादमा पार्यो ।
साविकको विरपुर गाविसको सभाहलमा चन्द्रौटा उद्योग बाणिज्य सघंले मेला लगाउन पाउनु पर्छ भन्दै सर्वदलीय बैठक नै बोलायो ।
होटल ब्यावसायीको संख्या यस क्षेत्रमा कम भएकाले चन्द्रौटा २०७२ सालमामा चन्द्रौटा उद्योग बाणिज्य सघंले मेला लगाउने बहुमत ब्यापारीहरुको भनाई रह्यो । अन्ततः दोस्रो चन्द्रौटा महोत्सव चन्द्रौटा उद्योग बाणिज्य सघंले नै आयोजना गर्यो ।
तेस्रो चन्द्रौटा महोत्सव आयोजनाको विषयमा झनै किचलो भयो । चन्द्रौटा उद्योग बाणिज्य सघंको अधिबेशनबाट कांग्रेसतर्फबाट उम्मेदवार अध्यक्ष जमसेर अलि मिया निर्वाचित भए । भने एमाले तर्फबाट अध्यक्ष पदको उम्मेदवार बनेका महादेव पोख्रेल पराजित भए ।
पराजित भएलगत्तै पोख्रेलले ब्यापार सघं कपिलवस्तुको शाखा कपिलवस्तुमा गठन गरि अध्यक्ष भए ।
तेस्रो महोत्सवको चर्चा चलिरहेकै समयमा महादेव पोख्रेल चन्द्रौटा महोत्सव गर्ने जिल्ला देखि केन्द्र सम्मको कसरत गरि तेस्रो चन्द्रौटा महोत्सव आयोजना नै गरे ।
त्यस बखत चन्द्रौटा उद्योग बाणिज्य सघं र ब्यापार सघ कपिलवस्तु विच एक किसिमको शीत युद्ध नै चलेको थियो । तेस्रो चन्द्रौटा महोत्सव लगाउदा दुबै संस्था विच एक एक बर्ष आलोपालो गरि मेला लगाउने सहमति भएको थियो ।
यसरी आलोपालो गर्दै चन्द्रौटामा चौथो, पाचौं, छैठों र सातौं पटकसम्म महोत्सव आयोजना हुँदै आएको छ । सातौं चन्द्रौटा महोत्सव ब्यापार सघं कपिलवस्तु आयोजना गरिरहेको छ ।
सातौं पटकसम्म महोत्सव आयोजना भइरहदा कपिलवस्तुको चन्द्रौटामा आयोजकले मात्र लाभ लिएको पाइन्छ ।
महोत्सव आयोजना हुँदा केबुलकार निर्माण, धर्मिक स्थलको संरक्षण, पर्यटकिय स्थलको संरक्षण, कृषि, स्थानीय उत्पादन प्रबर्द्धन लगायत नाराहरु जोडदारले उठेको पाइन्छ । आयोजकले के, के नै गर्छौं भन्दै सातबित्ता उफ्रेर भाषण गर्छन तर वावस्तविक रुपमा अझैसम्म केही सामाजिक काम नगरेको स्थानीयले आरोप लगाएका छन ।
सातौ पटक मेला महोत्सव आयोजना भैइरहदा स्थानीय स्तरमा सामाजिक रुपमा शून्य काम भएको आमनागरिक माझ छर्लङ्ग रहेको छ ।
मेला महोत्सव लगाउदा आयोजक सामाजिक नारासहित देखिन्छन् तर मेला सकिनासाथ आफ्नो एजेन्डा समेत विर्सिएको पाइन्छ ।
यसरी मेला महोत्सव आयोजना गर्दा आमनागरिकहरु आयोजक प्रती रुष्ट भएको देखिन्छ । आर्थिक मन्दी चलिरहेको समयमा स्थानीय ब्यापारीहरुलाई धारायासी बनाउने खेलो प्रती स्थानीय ब्यापारी समेत असन्तुष्ट देखिएका छन ।
चन्द्रौटा महोत्सवको योजना ठूल्ठूला, उपलब्धि शुन्य
चन्द्रौटा महोत्सवको योजना ठूल्ठूला, उपलब्धि शुन्य

Advertisement
तपाईको प्रतिक्रिया