शिशुको शव कुकुरले खाँदै गरेको अबस्थामा फेला

अर्घाखाँची। अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला परेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बेवारिसे शिशुको शरिरको करिव आधा भाग कुकुरले खाईसकेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक अर्जुन पौड्ेलले जानकारी दिए ।

अहिले शिशुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पोष्ट माटमको लागि लगिएको छ ।  शिशु कस्को र के कारणले फालिएको भन्ने कुरा खुलेको छैन । यसमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक पौड्ेलको भनाई छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...