सलिम अन्सारी, प्युठान। समानुपातिक तर्फ प्युठानमा एमाले र कांग्रेसबीच १५ हजार ९५३ मतको अन्तर भएको छ । आज केही बेर अघि सम्पन्न प्रतिनिधीसभा समानुपातिक तर्फको मत गणना अनुसार एमालेले ३३ हजार ८ सय ४ मत प्राप्त गरेको छ भने कांग्रेसले १७ हजार ८ सय ५१ मत पाएको छ । माओवादी केन्द्रले १३ हजार ३ सय ३ मत प्राप्त गरेको छ ।
राष्टीय जनमोर्चा ९ हजार ९५८ मतका साथ चौथो पार्टी भएको छ । त्यस्तै, राष्टीय स्वतन्त्र पार्टीले ५ हजार ८५१ र राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार २३६ मत पाउँदा एकीकृत समाजबादीले जम्मा ४३६ मत प्राप्त गरेको छ।
यहाँ ८८ हजार ९ सय ६८ मत झरेको थियो भने ५ हजार २ सय ७८ मत बदर भएको थियो ।
Advertisement
प्रदेशसभा तर्फको मतगणना भने बांकी रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जानकारी दिएको हो।