प्यूठान। प्यूठानको समग्र विकासमा नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा विकासमा बाधक बनिरहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व खानेपानी मन्त्री मणीचन्द्र थापाले बताएका छन् । भरोसा गरेर जिल्लाबासीले जिताएर पठाएका जनप्रतिनिधी र उनीहरुको पार्टी कमजोर हुँदा प्यूठानको विकास सोँचे अनुसार हुन नसकेको उनको ठम्माई छ ।
स्वर्गद्धारी नगरपालिकामा आयोजना गरिएको नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी समेत रहेका थापाले नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्टिय जनमोर्चाको नेतृत्वलाई जनप्रतिनिधी चुनेर पठाएमा जिल्ला फेरी पछाडी पर्ने तर्क छ । जिल्लाबाट निर्वाचित जनप्रतिनिधीको पार्टी राष्ट्रिय जनमोर्चाले विकास र समृद्धीको कुरा गर्नुको साटो जहिल्यै विरोध र भण्डाफोरको मात्र नारा सुनाइरहँदा नागरिक हैरानी भएको उनको भनाई छ ।
‘चुनावको बेला जनताले सही पार्टी र नेतृत्व छान्नुपर्छ’,थापाले भने,‘ठोस समयमा ठोस निर्णय गर्न सकेनौँ भने त्यसको दुरगामी असर भावी पुस्तामा पर्छ ।’ थापाले राष्ट्रिय स्तरको पार्टी र पहुँच राख्नसक्ने नेतृत्वलाई जनप्रतिनिधी बनाएर पठाएमात्र जिल्लाको विकासमा पहल गर्न सहज हुने बताए ।
पूर्व खानेपानी मन्त्री समेत रहेका थापाले आफू जनप्रतिनिधी नभएपनि प्यूठानको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गरे । आफू मन्त्री र प्रतिनिधीसभा सदस्य सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदा जिल्लाको विकासमा करौडौँ बजेट पठाएको थापाले स्वर्गद्धारीबासीलाई सुनाए । तर, जिल्लाबाट निर्वाचित जनप्रतिनिधीले आफूसँग कहिल्यै पनि यहाँको विकासका बारेमा चासो र चिन्ता नगरेको उनले अनुभव सुनाए ।
उनले दिगो विकासका लागि स्थायी सरकार र बोलियो पार्टी हुनुपर्ने बताए । देशमा धेरै टुक्रे पार्टी आवश्यक नभएको धारणा राख्दै थापाले एउटा कम्युनिष्ट र अर्को नेपाली कांग्रेस पार्टी मात्र जनताले चाहेको सुनाए ।
प्यूठानमा मसाल विकासको बाधक ः मणी थापा
प्यूठानमा मसाल विकासको बाधक ः मणी थापा

Advertisement
तपाईको प्रतिक्रिया