गुल्मी। जनता समाजवादी पार्टी नेपाल गुल्मीले मङ्सिर ४ निर्वाचन केन्द्रीत घरदैलो तथा मतदाता शिक्षा कार्यक्रम मुसीकोट नगरपालिकामा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै बिशेष अतिथि निर्वाचन क्षेत्र नं २(क) प्रदेश सभा सदस्यका उमेदवार घनश्याम पाण्डेले जिल्लाबासीको हितमा साझा प्रतिनिधिको रुपमा भुमिका निर्वाह गर्दै लुम्बिनी प्रदेशको समग्र परिवर्तनका लागि आफ्नो उमेदवारी रहेको बताए ।
उनले गुल्मीको थप विकास र जनताको सेवाको लागि आफ्नो उमेद्वारी रहेको स्पष्ट्र पारे।
~गरिबी,असमानता र भेदभावको अन्त्य गर्न,कृषि उत्पादनलाई बजारीकरण गर्न,जनताको आधारभूत आवश्यक्ताहरु पुरा गर्न , दिगो आर्थिक विकासको आधार तय गर्न,राष्ट्र र राष्ट्रियता जोगाउन,चौतर्फी देश बिकाश गर्न, आजको उपभोक्ता समाजलाई उत्पादनमुखी बनाउन छातामा मतदान गर्न पाण्डेले आग्रह गरे।
नेपालको समाजवादी आन्दोलनमा स्थापित नेता घनश्याम पाण्डे बैचारिक र राजनीतिक क्षमता साथै संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छन। २०४५/२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भुमिका खेलेका पाण्डेले २०६२/६३ को जनआन्दोलनमा जनताको पक्षबाट आन्दोलनको नेतृत्व गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनैतिक दलबाट विष्णु बहादुर सर्तुङ्गे,धर्म सर्तुङ्गे,प्रताप सर्तुङ्गे,राजन बहादुर कार्की,पबित्रा क्षेत्री, पार्वती बि.क,काशी नपाली,सरिता थापा लगायत दर्जनौं कार्यकर्ताले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा तर्फ समानुपातिक उमेदवार तुल्सी गुरुङ,प्रदेश सभा तर्फ समानुपातिक उमेदवार बिष्णुमाया सर्तुङ्गे,प्रदेश सभा तर्फ समानुपातिक उमेदवार जमुना पाण्डेले मन्तव्य राखेका थिए ।