• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

प्युठानमा जनताको आशा र भरोसा टुट्न दिने छैन : सुर्य थापा


  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
  • प्युठान । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापाले प्युठानी जनताको आशा र भरोसालाई टुट्न नदिने गरि जिल्लाको बिकास र समृद्धिको लागि आफु लाग्ने बताएका छन् । उनले समाज र राष्ट्र निर्माणको मेरुदण्ड युवा शक्तिलाई देश निर्माणमा मुलप्रवाहमा जोड्न सकेमात्रै जिल्लाको बिकासमा गति लिन सक्ने बताए । राष्ट्रिय युवा संघ नेपाल प्युठानको निर्वाचन केन्द्रित भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले युवालाई बिहानीको सुर्योदयसंग तुलना गर्दै गाउँ देश बदल्न युवा शक्तिको खाचो अपरिहार्य भएको बताए । एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज थापाले युवा शक्ति एकजुट भएर लागेमा समाजका तमाम बिकृतीहरु अन्त्य हुने उल्लेख गर्नुभयो । युवा कुलतबाट मुक्त हुनुपर्ने धारणा राख्दै उनले भने,“युवाको दृष्टिकोण सहि हुनुपर्छ, जब दृष्टिकोण सफा र सहि हुन्छ, युवाले देशको भबिश्य निर्माण गर्न सक्छन “। निर्वाचन जितेर ६४ वडामा एक पटक अनुहार नदेखाउने ब्यक्तिलाई गठबन्धनले झुटो प्रचार गरेर जनता झुक्याउने काम गरिरहेको बताए । एमालेले जनतासंग गठबन्धन गरेर अघि बढेकाले जित सुनिश्चित भएको दावी गर्नुभयो । एमालेको काम र जनलहर देखेर अतालिएका शक्तिहरूबीचको गठबन्धनले देशमा बिकास र समृद्धि ल्याउनको सट्टा उल्टै मुलुकमा राजनीतिक अस्थिरता सृजना गरेका छन्,’ उनले भने, ‘अब अस्थिरता सृजना गरी विकासका काम रोक्ने उद्देश्य बोकेका गठबन्धनको अन्त्यका लागि एमालेमा मतदान गर्नुपर्ने बेला आएको छ ।’ नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेदवार सुर्य थापाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न, जनताको स्थिर र बलियो सरकार निर्माण गर्न, राष्ट्रिय हितको रक्षा गर्न, सुशासन कायम गर्न, गुमेको भूमि फिर्ता ल्याउन तथा आर्थिक बिकास गरि देश बिकस र समृद्धि ल्याउन नेकपा एमालेको पक्षमा जनउभार ल्याउन युवा तथा कार्यकर्ता परिचालन हुनुपर्ने बताएका छन् । प्युठानमा गठबन्धनका कारण नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको मनमा चोट पुगेको भन्दै ती कार्यकर्ताको भावनाको सम्मान गर्ने बताउनुभयो । “नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का असल र जनप्रेमी कार्यकर्ताको म सम्मान गर्दछु उहाहरुको मनको पनि सम्मान गर्दछु । प्युठानको भबिश्यको लागि उहाँहरुको मतको भावनाको सम्मान गरेर अगाडि बड्ने अठोट गर्दछु ।” थापाको भनाइ थियो । त्यस्तै प्रदेश ‘क’ का प्रदेश सभा सदस्य तुल्सिराम शर्माले मुलुकमा रोजगारी सृजना गरी वैदेशिक रोजगारीमा जानैपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न देशमै रोजगारीका अवसर सृजना गर्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो,‘रोजगारीका लागि विदेश जाने बाध्यताको अवस्थालाई बदल्नुपर्छ ।` युवा शक्तिलाई देश बिकास र समृद्धिमा जोड्नु पर्ने उनको भनाइ थियो । प्रदेश ‘ख’ प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले नेकपा एमाले देशको एकमात्र जनमुखी पार्टी भएकाले सुर्य ध्वजाबाहक उम्मेदवारहरूलाई विजयी बनाउने दायित्व आम मतदाता, जनसमुदाय र सम्बन्धित पार्टीका नेता–कार्यकर्ताको अह्म दायित्व भएको बताउँदै उनले सबै मन वचन र कर्मले लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट समानुपातिक उमेदवार सुरज मगर बेगम बिश्वकर्मा अनेरास्ववियुका केन्द्रिय सचीव धर्म गिरी राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य लिला जिसी लगाएतले सम्बोधन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...