शिव राज खनाल, दाङ । दाङको लमही नगरपालिकाको विवाद साम्य भएको छ । करिब एक महिना अघि मात्र लमही नगरपालिकाबाट सरुवा भएर गएका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई नगरका प्रमुख उपप्रमुखले लुकिछिपी हाजिर गराएको भन्दै वडाध्यक्षहरु आक्रोशित थिए। उनिहरुले लमही नगरपालिकामा विभिन्न बिरोधका कार्यक्रम सहित आन्दोलन समेत गरेका थिए । असन्तुष्ट जनप्रतिनिधिले हिजो र आज गरि २ दिन लमही नगरपालिकामा ताला समेत लगाए । तर हाल डाँगीलाई फिर्ता पठाउने सहमति भएपछि लमही नगरपालिकामाको ताला खुलेको हो ।
‘मेयर र उपमेयरसंग सहमतीपछि ताला खुलाईएको लमही नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरिले बताए । हाल शिक्षा साखा प्रमुख रहेका रबिन्द्र क्षेत्रीले अबको केही महिना अर्को ब्यबस्था नहुदा सम्म सम्पूर्ण आर्थिक कार्य गर्ने गरि कार्यभार सम्हाल्ने निर्णय समेत भएको छ ।