जनक पन्थ, गुल्मी । गुल्मीमा बाघको अक्रमणमा परि एक जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६ निन्नुचौरका ३० वर्षका यमबहादुर कुँवर घाइते भएका हुन् ।
आइतवार बिहान कुखुरा खोरमा कुखुरा खान पसेको बाघ धपाउने क्रममा कँुवर माथिनै आइलागे पछि कुँवर र बाघको झडप भएको थियो । झडपको क्रममा चितुवाको मृत्यु भएको छ भने कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बाघले खोरमा रहेका ठूला कुखुरा ६०, ७० वटा र साना ५०, ६० वटा कुखुरा मारेको प्रहरीले जनाएको छ । बाघको आक्रमणबाट घाइतेभएका कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था सामान्य रहेको सरिर भरि बाघले चिथरेर घाउ बनेको छ । घटना स्थलमा प्रहरी तथा बन कार्यालय गुल्मीको टोली पुगेको छ ।
