रोल्पा । रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस भएका छन् ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमर पुन दुवैतिरबाट सिफारिस भएको पुनका स्वकिय सचिब योगेन्द्र अनुपम जिसीले बताए ।
Advertisement
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रमुख दाबेदारका रुपमा हेरिएका पुनको नाम प्रदेश निर्वाचन क्षेत्र (ख) बाट सर्वसम्मत सिफारिस भएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहादुर बस्नेत र सङ्ख बहादुर छन्त्याल पनि सिफारिस भएका छन् । बस्नेत र छन्त्याल दुवै लुम्बिनी प्रदेश सदस्य हुन् । यसैबीच, सभापति पुनले एक बिज्ञप्ती जारी गर्दै बर्दिया १ बाट आफ्नो आधिकारिक उम्मेद्वारी नरहेको बताएका छन ।