शिव राज खनाल,दाङ । दाङ क्षेत्र नम्बर १ मा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु भएको छ। देउखुरीको गढवा गाउपालिकाबाट शुक्रबार अभियान थालिएको हो । यो अभियान क्षेत्र नम्बर १ मा रहेका चार वटै स्थानिय तहमा पुग्ने दाङ क्षेत्र नम्बर १ का प्रबक्ता अजय न्यौपानेले बताए । उनका अनुसार यो अभियान तीन चरणमा सञ्चालन हुने छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती साथै भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने नेपाली काङ्ग्रेस केन्द्रिय समितिको घोषणा छ । अभियानको सुरुवात गर्दै कांग्रेसका केन्द्रीय सदस्य कृष्ण किसोर घिमिरेले कांग्रेस सधै जनताको हकहितका लागि काम गर्ने पुरानो पार्टी भएकाले सबैले साथ दिनुपर्ने बताए। उनले अबका दिनमा पार्टी नेता तथा कार्यकर्ताहरु अझै सक्रिय हुदै हरेक परिवारको घर दैलोमा पुग्न जरुरी रहेको बताए । त्यस्तै पार्टीका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अनुरोध गर्न सम्पुर्ण कार्यकर्तालाई अपिल गरे ।
त्यस्तै कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि जानकी लाल बस्नेतले बिगतका सरकारले गरेका कमिकमजोरि नै नेपाली काङ्ग्रेसको मुल चुनाबी एजेन्डा हुने बताए । ” अब देश र जनताकाको आर्थिक समृद्धि र आय स्तर कसरी बढाउन सकिन्छ यसबारे काङ्ग्रेसको मुख्य चिन्तनको विषय हो ” – बस्नेतले भने ।
नागरिकहरुले गरेका अपेक्षाहरुको साङ्केतिक रुपमा पनि पूरा हुन नसकेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पाण्डेयले बताए । उनले अबको राजनीति जनतासंग बढी केन्द्रित हुनुपर्ने समेत बताए । उनले भने,’जनतालाई माथी उकास्नका र समुन्नत बनाउन गरि कांग्रेसले राजनिती गर्छ, जनतालाई अलमलाउने काम अब पार्टीले गर्दैन ” । कार्यक्रममा दाङ क्षेत्र नम्बर १ प्रदेश ख सभापति दिनेश गिरि धन्यवाद ज्ञापन गरेका थिए । दाङ क्षेत्र नम्बर १ प्रदेश “क” सभापति श्रीपत चौधरीको स्वागतमन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन क्षेत्रीय सचीव हरिहर शर्माले गरेका थिए।
दाङ क्षेत्र नम्बर १ मा सुरु भयो ‘जनताको साथमा कांग्रेस’ अभियान
दाङ क्षेत्र नम्बर १ मा सुरु भयो ‘जनताको साथमा कांग्रेस’ अभियान

Advertisement
तपाईको प्रतिक्रिया