कपिलबस्तु- कपिलबस्तुमा एक जनाको हत्या गरिएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीलाई गोलि हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार अज्ञात समुहले गोली हानेर हत्या गरेको हो। गोलि कस्ले र किन हानेको भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
Advertisement