दाङ । दाङमा भिर मौरीले टोक्दा १ जनाको मृत्यु भएको छ । शनिवार अपरान्ह साथिहरुसँग घर नजिकैको जंगलमा मौरीको रस काढ्नको लागि सिमलको रुखमा चढ्दा कुमाललाई मौरीले टोकेको हो। मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवाका ३५ वर्षीय खिमवहादुर कुमाल रहेका छन् । मौरीको टोकाईबाट घाइते भएका कुमालाई उपचारको लागि लमही अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शब पोस्ट पार्टमको लागि लमही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
Advertisement