• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

रोल्पाका महिला मयूर संरक्षण जुटे


  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित
  • रोल्पा । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं २ महेन्द्रीस्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले मयूर संरक्षणमा जुटेका छन।

    Advertisement

    सामुदायिक वनलाई मयूर पर्यटनको रुपमा विकास गर्न मयूर संरक्षणको थालनी गरेको वन समूहले जनाएको छ । पाँच वर्षे आवधिक योजना तयार गरी सो सामुदायिक वनका महिलाहरूले संरक्षणको काम अघि बढाएका हुन । मयुरको वासस्थानको लागि त्यहाँको भू(बनोट, हावापानी र वनस्पति उत्तम रहेको बताइन्छ । पानीको सहज उपलब्धता, पारिलो क्षेत्र, मानव बस्ती र खेतबारी समेत प्रसस्त रहेकाले सो सामुदायिक वन मयुरको वासस्थानका लागि उपयुक्त मानिन्छ ।

    किरा फट्यांग्रा, फल, बालीनाली र घाँससमेत हुनाले यो क्षेत्र मयुरका लागि उपयुक्त भएको डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत डा मोहन पौडेलले बताए । ‘पहाडका खोंचहरु, पानीका स्रोतहरु र खोल्सीहरूमा छेपारा, सर्पलगायत अन्य किरा फट्याङग्राहरु प्रसस्तै पाइने हुनाले यो ठाउँ मयूरको रोजाइमा परेको हुनसक्छ,’ डा। पौडेलले भने ।

    उक्त सामुदायिक वन क्षेत्रमा ४०० देखि ५०० को संख्यामा मयूर रहेको स्थानीयको अनुमान छ । सामुदायिक वन क्षेत्रमा पाइने भाले मयूरको तौल ५ के जी सम्म हुने स्थानीयको भनाइ छ ।

    सानो क्षेत्रमा यति धेरै मयूर पाइनुमा यो क्षेत्र मयूरका लागि सुरक्षित रहेको मान्न सकिने वन्यजन्तु संरक्षणका जानकारहरूको भनाइ छ ।

    ‘मयुरको सिकार गर्न नहुने धार्मिक विश्वासका कारण पनि यसको संरक्षणमा सहजता भएको हो,’ मयुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिला विकले भनिन ।

    उनका अनुसार वन क्षेत्रमा अन्य वन्य जन्तुको सिकार गर्न आउने गरेको सुनिए पनि मयूर मारेको वा यसका अण्डाहरु चोरेको घटनाहरु सुनिएको छैन ।

    मयूरले किसानलाई भने हैरानी हुने गरेको छ । अन्नबाली खाइदिने भएकोले किसानले हरेक वर्ष क्षति व्यहोर्नु पर्छ । आहाराका लागि खेत, बारी र घरगोठमा बिहान बेलुका मयूर आउने गर्दछन् ।

    तोरी, झिलङ्गे, गहुँ, सागपात, खुर्सानी, धान, चना, केराउलगायतका बाली मयूरले मन पराउने हुनाले त्यस्ता बालीको धेरै क्षति हुने गरेको अध्यक्ष विकको भनाइ छ । ‘मयूर बढ्दै जाँदा मान्छेले लगाएको अन्नबाली खाइदिंदा मान्छे र मयूरबीच विस्तारै द्वन्द्व पनि बढ्न थालेको भान हुने गर्छ,’ अध्यक्ष विकले भनिन् ।

    मयूर र मान्छेको द्वन्द्व व्यवस्थापनका लागि यसै वर्षदेखि केही कामको सुरुवात पनि गरिएको छ । बालीनालीको नोक्सानीवापत राहत लगायत कृषिबाली विविधीकरणमा दीर्घकालीन सहयोगका लागि सामुदायिक वन उपभोक्ता समूहको नाममा अक्षय कोष समेत स्थापना गरिएको छ ।

    अक्षय कोषका लागि अघिल्लो वर्ष डिभिजन वन कार्यालय रोल्पाले तीन लाख बजेटसमेत उपलव्ध गराएको थियो । कोषबाट आउने वाषिर्क ब्याजले उन्नत बिऊ वितरण, मयूरले मन नपराउने बालीको विकास, मयूरले मन पराउने सागपात र गेडागुडी वन क्षेत्रमा रहेका खालीठाउँहरुमा लगाउने र क्षतिपूर्तिको अन्य उपायहरु गर्ने लगायतका कार्यहरु गर्न सहयोग पुग्ने सहायक वन अधिकृत शिवनन्दन साहले बताए ।

    त्यस्तै डिभिजन वन कार्यालय रोल्पाले स्कूलहरुमा संरक्षण शिक्षा कार्यक्रम र मयूर अवलोकन टावर निर्माणमा सहयोग गरेको छ । ‘मयूर पर्यटनको थप विकास र प्रवर्द्धनका लागि प्रचार(प्रसारका कार्यहरु पनि गर्दै आएको छ,’ सहायक वन अधिकृत साहले भने ।

    विगत केही वर्षदेखि चरा अबलोकन गर्न रुचाउने व्यक्तिहरु र अनुसन्धानकर्ताहरु मयूर सामुदायिक वनको भ्रमणमा आउन थालेको स्थानीयहरु बताउँछन्। रोल्पाको लिवाङ, सुलिचौर, खुंग्री र प्यूठानको भिंग्रीलगायतका ठाँउहरुबाट विद्यालयको शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक तथा अन्य क्षेत्रवाट युवा युवतीहरु आउने गरेको मयुर सामुदायिक वन उपभोक्ता समूहको भनाइ छ ।

    आकर्षक र रङ्गीचङ्गी मयूरको प्वाख धार्मिक उपचार विधिमा प्रयोग गरिन्छ । घर सजावटका साथै घर तथा मन्दिरलाई शुद्ध र चोखो राख्न पनि यसको प्वाँख प्रयोग गर्ने धार्मिक विश्वास तथा प्रचलन रहेको छ ।

    शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation