• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

रोल्पाका महिला मयूर संरक्षण जुटे


  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित
  • रोल्पा । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं २ महेन्द्रीस्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले मयूर संरक्षणमा जुटेका छन।

    Advertisement

    सामुदायिक वनलाई मयूर पर्यटनको रुपमा विकास गर्न मयूर संरक्षणको थालनी गरेको वन समूहले जनाएको छ । पाँच वर्षे आवधिक योजना तयार गरी सो सामुदायिक वनका महिलाहरूले संरक्षणको काम अघि बढाएका हुन । मयुरको वासस्थानको लागि त्यहाँको भू(बनोट, हावापानी र वनस्पति उत्तम रहेको बताइन्छ । पानीको सहज उपलब्धता, पारिलो क्षेत्र, मानव बस्ती र खेतबारी समेत प्रसस्त रहेकाले सो सामुदायिक वन मयुरको वासस्थानका लागि उपयुक्त मानिन्छ ।

    किरा फट्यांग्रा, फल, बालीनाली र घाँससमेत हुनाले यो क्षेत्र मयुरका लागि उपयुक्त भएको डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत डा मोहन पौडेलले बताए । ‘पहाडका खोंचहरु, पानीका स्रोतहरु र खोल्सीहरूमा छेपारा, सर्पलगायत अन्य किरा फट्याङग्राहरु प्रसस्तै पाइने हुनाले यो ठाउँ मयूरको रोजाइमा परेको हुनसक्छ,’ डा। पौडेलले भने ।

    उक्त सामुदायिक वन क्षेत्रमा ४०० देखि ५०० को संख्यामा मयूर रहेको स्थानीयको अनुमान छ । सामुदायिक वन क्षेत्रमा पाइने भाले मयूरको तौल ५ के जी सम्म हुने स्थानीयको भनाइ छ ।

    सानो क्षेत्रमा यति धेरै मयूर पाइनुमा यो क्षेत्र मयूरका लागि सुरक्षित रहेको मान्न सकिने वन्यजन्तु संरक्षणका जानकारहरूको भनाइ छ ।

    ‘मयुरको सिकार गर्न नहुने धार्मिक विश्वासका कारण पनि यसको संरक्षणमा सहजता भएको हो,’ मयुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिला विकले भनिन ।

    उनका अनुसार वन क्षेत्रमा अन्य वन्य जन्तुको सिकार गर्न आउने गरेको सुनिए पनि मयूर मारेको वा यसका अण्डाहरु चोरेको घटनाहरु सुनिएको छैन ।

    मयूरले किसानलाई भने हैरानी हुने गरेको छ । अन्नबाली खाइदिने भएकोले किसानले हरेक वर्ष क्षति व्यहोर्नु पर्छ । आहाराका लागि खेत, बारी र घरगोठमा बिहान बेलुका मयूर आउने गर्दछन् ।

    तोरी, झिलङ्गे, गहुँ, सागपात, खुर्सानी, धान, चना, केराउलगायतका बाली मयूरले मन पराउने हुनाले त्यस्ता बालीको धेरै क्षति हुने गरेको अध्यक्ष विकको भनाइ छ । ‘मयूर बढ्दै जाँदा मान्छेले लगाएको अन्नबाली खाइदिंदा मान्छे र मयूरबीच विस्तारै द्वन्द्व पनि बढ्न थालेको भान हुने गर्छ,’ अध्यक्ष विकले भनिन् ।

    मयूर र मान्छेको द्वन्द्व व्यवस्थापनका लागि यसै वर्षदेखि केही कामको सुरुवात पनि गरिएको छ । बालीनालीको नोक्सानीवापत राहत लगायत कृषिबाली विविधीकरणमा दीर्घकालीन सहयोगका लागि सामुदायिक वन उपभोक्ता समूहको नाममा अक्षय कोष समेत स्थापना गरिएको छ ।

    अक्षय कोषका लागि अघिल्लो वर्ष डिभिजन वन कार्यालय रोल्पाले तीन लाख बजेटसमेत उपलव्ध गराएको थियो । कोषबाट आउने वाषिर्क ब्याजले उन्नत बिऊ वितरण, मयूरले मन नपराउने बालीको विकास, मयूरले मन पराउने सागपात र गेडागुडी वन क्षेत्रमा रहेका खालीठाउँहरुमा लगाउने र क्षतिपूर्तिको अन्य उपायहरु गर्ने लगायतका कार्यहरु गर्न सहयोग पुग्ने सहायक वन अधिकृत शिवनन्दन साहले बताए ।

    त्यस्तै डिभिजन वन कार्यालय रोल्पाले स्कूलहरुमा संरक्षण शिक्षा कार्यक्रम र मयूर अवलोकन टावर निर्माणमा सहयोग गरेको छ । ‘मयूर पर्यटनको थप विकास र प्रवर्द्धनका लागि प्रचार(प्रसारका कार्यहरु पनि गर्दै आएको छ,’ सहायक वन अधिकृत साहले भने ।

    विगत केही वर्षदेखि चरा अबलोकन गर्न रुचाउने व्यक्तिहरु र अनुसन्धानकर्ताहरु मयूर सामुदायिक वनको भ्रमणमा आउन थालेको स्थानीयहरु बताउँछन्। रोल्पाको लिवाङ, सुलिचौर, खुंग्री र प्यूठानको भिंग्रीलगायतका ठाँउहरुबाट विद्यालयको शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक तथा अन्य क्षेत्रवाट युवा युवतीहरु आउने गरेको मयुर सामुदायिक वन उपभोक्ता समूहको भनाइ छ ।

    आकर्षक र रङ्गीचङ्गी मयूरको प्वाख धार्मिक उपचार विधिमा प्रयोग गरिन्छ । घर सजावटका साथै घर तथा मन्दिरलाई शुद्ध र चोखो राख्न पनि यसको प्वाँख प्रयोग गर्ने धार्मिक विश्वास तथा प्रचलन रहेको छ ।

    शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation