प्यार अलि खान, प्युठान। जिल्ला प्रशासन कार्यालय प्यूठानले गरेको पत्रकार भेटघाट कार्यक्रमको पत्राचार शैली प्रती जिल्लाका क्रियाशील पत्रकारहरु तथा पेसागत संगठनका प्रमुखहरूले असन्तुष्टि जनाएका छन्।
साउन १७ गते जिल्ला प्रसाशन कार्यालयद्वारा आयोजना गर्न लागिएको पत्रकार भेटघाट कार्यक्रमको लागि २३ जना पत्रकारको नामनै तोकेर पत्राचार गरेको छ।
‘हामी अचम्म परेका छौं।’ प्रेस चौतारी नेपाल प्यूठानका अध्यक्ष बासुदेव गिरीले भने, ‘प्रशासनको पत्राचार गर्ने यो नयाँ शैलीले क्रियाशील पत्रकारहरु सबै अचम्मित भएका छन्।’
बिजुवार, खलंगामा रहेका पत्रकारहरुलाई मात्र केन्द्रीत गरेर गरिएको पत्राचार त्रुटिपूर्ण रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तुफान अधिकारीले बताए।
नेपाल पत्रकार महासंघमा १ सय ४७ जना पत्रकार आबद्ध छन्। पत्रकार भेटघाट कार्यक्रमको पत्राचारबारे महासंघसंग कुनै समन्वय नभएको नेपाल पत्रकार महासंघ प्युठान शाखाका सचिव प्रकाश वैद्यले जानकारी दिएका छन्।
कर्मचारी नयाँ आएकाले पत्राचारमा कमजोरी भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको स्वीकारोक्ति छ। पत्रकार भेटघाट कार्यक्रमको पत्राचारबारे वेबसाइटमा सच्याईएको उनले बताईन।
प्रशासनको पत्राचारले प्युठानका पत्रकारहरु असन्तुष्ट
प्रशासनको पत्राचारले प्युठानका पत्रकारहरु असन्तुष्ट
Advertisement
तपाईको प्रतिक्रिया