• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

प्रेस युनियनको केन्द्रीय महासचिवमा अर्यालको उम्मेदवारी घोषणा


  •   बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
  • बुटवल । नेपाल प्रेस युनियनको केन्द्रीय महासचिवमा नकुल अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । अर्यालले बुधबार सामाजिक सन्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

    Advertisement

    आफूले पत्रकारिता गर्दा देखे भोगेका समस्याहरुको समाधानका लागि सक्रिय हुनु नै आफ्नो उम्मेदवारीको कारण रहेको अर्यालको भनाई छ ।  उनले प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता र पेशागत सुरक्षाका लागि प्रेस युनियनले महत्वपूर्ण ट्रेड युनियन संस्थाको रुपमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

    उम्मेदवारी घोषणा गर्दै अर्यालले फेसबुकमा लेखेका छन्, -‘आदरणीय अग्रज एवं साथीहरु ! नेपाल प्रेस युनियनको आसन्न नवाैं महाधिवेशनमा महासचिव पदकाे उम्मेदवारका रुपमा उभिएकाे छु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , पेशागत सुरक्षा र विधिसम्मत चल्ने सुदृढ प्रेस युनियन निर्माणमा सक्रिय रहने मेराे प्रयासलाई यहाँहरुले प्रारम्भिक संवादकै क्रममा व्यापक समर्थन जनाउनुभएकाेमा आभारी एवं उत्साहित छु । सबैसँग सम्पर्कमा रहने नै छु । साथ, सहयाेग, समर्थन र अमूल्य मतकाे अपेक्षा गर्दछु ।’

    प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने अर्यालले राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् ।

    पत्रकारिता क्षेत्रमै देखिएका विकृतिहरुलाई निर्मूल पार्न पनि युनियनजस्ता संस्थाहरु सक्रिय हुनुपर्ने अर्याल बताउँछन् । युनियन अन्तर्राष्ट्रिय पत्रकार संघमा आवद्ध नेपालकै अग्रणी संस्थाको रुपमा रहेकोले सदस्यहरुको वृत्तिविकास र अवसर वृद्धिमा युनियनले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा अर्यालको जोड रहेको छ ।

    पत्रकार महासंघको केन्द्रीय सदस्य हुँदा अर्यालले पहिलो बैठकमै महासंघको सदस्यता शुद्धिकरण, पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता, श्रमजीवी पत्रकारको पक्षमा सशक्त आन्दोलन लगायतका विषयमा लिखित एजेण्डा प्रस्तुत गरेका थिए ।

    सरकारी स्वामित्वका सञ्चारमाध्यमका सेवाहरु निःशुल्क हुनुपर्ने एजेण्डा पनि पत्रकारिता क्षेत्रमा प्रवेश गराउने अर्याल नै हुन् । उनले महासंघको केन्द्रीय सदस्य छँदा राज्यले सूचनाको बिक्रीवितरण गर्न नमिल्ने भन्दै राष्ट्रिय समाचार समिति लगायत सरकारी स्वामित्व रहेका सेवा निशुल्क गर्न लिखित प्रस्ताव गरेका थिए ।

    प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने अर्यालले राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् । चितवनको कायाकैरन राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका अर्यालले चितवनकै सिनर्जी एफ.एम. र आक्रमण साप्ताहिकमा पनि काम गरेका थिए ।

    काठमाडौंमा एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, हिमालय टेलिभिजन, एपीवान टेलिभिजन र योहो टेलिभिजनमा काम गरेको अनुभव अर्यालसँग छ । उनले हिमालय टाइम्स राष्ट्रिय दैनिक र देशान्तर मिडिया ग्रुपमा पनि काम गरेका छन् । रेडियो नेपालको चर्चित कार्यक्रम ‘घटना र विचार’को सञ्चालक रहीसकेका अर्याल हाल नेपाल प्रेसको समाचार संयोजक रहेका छन् । अर्याल डेढ दशक लामो समयदेखी निरन्तर पत्रकारितामा क्रीयासिल रहदै आएका छन।

    उनले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय महासचिवमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गरेका छन् । युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । मिति नजिकिँए सँगै महाधिवेशन रौनक छाएको छ ।

    बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वडाध्यक्ष तीन लाख घुससहित पक्राउ
    कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते
    दाङमा बाघको छालासहित तीन जना पक्राउ
    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक
    रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation