• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

मायादेवी मन्दिरको दानपेटिका खोलियो


  •   सोमबार, असार २०, २०७९ मा प्रकाशित
  • बुटवल । लुम्बिनीको मायादेवी मन्दिरभित्र राखिएको दानपेटिका आइतबार खोलिएको छ। दानपेटिका लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ। लुम्बिनीमा चार वटा दानपेटिका राखिएकोमा आइतबार एउटामात्र खोलिएको विकास कोषले जनाएको छ। कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले एउटा दानपेटिकाको रकम गणना सकिएपछि अर्को दानपेटी खोल्ने र सबै दानपेटिकाको भेटी गणना गर्दा ४ दिनसम्म लाग्ने बताए।

    Advertisement

    प्रत्येक १५ दिनमा दानपेटिका खोल्नुपर्ने भए पनि तीन महिनापछि दानपेटिका भरिएपछि मात्रै खोलिएको हो। विकास कोषका अनुसार यसअघि गत चैत १८ गते दानपेटिका खोलिएको थियो। त्यसबेला दानपेटिकाबाट ३७ लाख रुपैयाँ रकम संकलन भएको कोषले जनाएको छ। लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ। विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली रकम गणना भइरहेको छ। विकास कोषले दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा जडान गरी गणना सुरू गरिएको जनाएको छ।

    लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकहरूले पवित्र भावनाले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दानपेटिका सबै पक्षको रोहवरमा खोलिएको भट्टराईले बताए।उनले आफूले कोषाध्यक्ष पद सम्हालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए। विगतमा दानपेटिका चोरी हुने र पर्यटकहरूले पवित्र भावनाले दिएको दान समेत अपारदर्शी हुने गरेका घटना बाहिरिने गरेका थिए।

    दानपेटिका चोरी हुन थालेपछि विकास कोषले मायादेवी मन्दिर र लुम्बिनीका संवेदनशील क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरेको छ। लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले दानपेटिका खोल्ने र गणना गर्ने कार्य पनि सिसिटिभी क्यामेराको निगरानीमा भइरहेको जानकारी दिए।उनले दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरून्तै बैंकका दाखिला गर्ने गरिएको बताए। दान गणना गर्ने कार्य राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा भइरहेको छ।
    लुम्बिनी विकास कोषले आन्तरिक आम्दानीबाटै कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापन गर्दै आएको जनाएको छ।

    सोमबार, असार २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation