सरुमारानीले दियो किसानलाई मौरी घार

कामनाडेली, प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाले मौरीपालक किसानहरुलाई मौरीसहितका घार वितरण गरेको छ ।
साना व्यावसायिक कृषि उत्पादन केन्द्र (मौरि पकेट) विकास निरन्तरता कार्यक्रम अन्तरगत १० जना मौरि पालक कृषकहरूलाई विकासे मौरि मेलिफेरा सहित २८ घार र आधुनिक खालि घार ११४ वटा गरि जम्मा १४२ घार बितरण गरिएको गाउँपालिकाका प्रबक्ता चिन्त साेमै मगरले जानकारी दिए।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्मा र आर्थिक विकास समिति संयाेजक माेहमद हलिमल संयुक्तरुपमा कृषकहरुलाई मौरी सहितका घार हस्तान्तरण गरेका थिए ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...