देवदहमा १९ औँ राष्ट्रिय धान दिवस मनाईयो (फोटो फिचर )

ललिता घिमिरे , देवदह। १९ औँ राष्ट्रिय धान दिवस रुपन्देहीको देवदहमा पनि मनाईएको छ । दिवसका अवसरमा देवदह नगरपालिकाको आयोजना र निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे व्यवस्थापनमा देवदह – ८ पाकडिमा धान रोपाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका नगरप्रमुख धुर्वप्रसाद खरेलले देवदह बासी कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जाेड दिनुभयाे । उहाले पकेट क्षेत्र वर्गीकरण गरिएकाे र शीत भण्डारको लागि बजेट विनियोजन गरिएको बताउनुभयाे । कोसेली घरबाट बिक्री बितरण गर्ने उद्धेश्यले शित्तलनगरमा रहेको कोशेली घरलाई छिट्टै संचालनमा ल्याईने उहाले जानकारी दिनुभयाे ।

सो अवसरमा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङसहित अन्य जनप्रतिनिधि,कर्मचारी लगाएत किसानहरुको सहभागिता रहेको थियो ।
देवदहमा ३५ हेक्टर खेती योग्य जमिन रहेकाे र ४.५ मेट्रीक उत्पादन हुने ( प्रती हेक्टर) कृषि शाखाले जनाएकाे छ ।

धान रोपाईका केहि तस्वीरहरु :

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...