रोल्पा । जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी सीता आचार्य निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट प्रमुखमा आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका हुन् ।
Advertisement
समन्वय समितिको सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फवाट ईन्द्रबहादुर रोका, केवल प्रसाद घर्ती र शेरवहादुर पुन निर्वाचित भएका छन् ।
दलित वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएका छन् । महिला सदस्यमा सोही पार्टीका जीतकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् ।
२० मतदाता रहेको रोल्पामा नेकपा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको ५ र नेकपा एमालेको १ मतदाता रहेका थिए ।