• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राेल्पाबाट चुनाव लड्न डा. दीपेन्द्र भण्डारीलाई युवाहरूकाे निम्ताे


  •   बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
  • राेल्पा–नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष तथा शैक्षिक अभियन्ता डा. दीपेन्द्र भण्डारीलाई रोल्पाबाट संघीय चुनाव लड्न चौतर्फी दबाब बढेको छ।

    Advertisement

    गृहजिल्ला रोल्पाबाट आउँदो प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्न स्थानीय युवाहरूले आग्रह गरेका छन्। ‘डाक्टर–साप यसपटक रोल्पा जानैपर्छ। रोल्पाका मतदाताले उहाँ जतिको बौद्धिक मान्छेलाई जसरी पनि जिताउने छन्। रोल्पाको प्रतिनिधि बनाउन युवाहरू आतुर छौं,’ काठमाडौंमा अध्ययनरत माडीका एक युवाले भने।

    गंगादेव गाउँपालिका–२ रमाइँमा जन्मिएका डा. भण्डारी राष्ट्रियस्तरमा परिचित शीर्ष शैक्षिक अभियन्ता हुन्। उनी प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेदवार बनेपछि पार्टी नहेरेर चुनावी अभियानमा लाग्ने अखिल क्रान्तिकारीका एक नेता बताउँछन्।

    ‘रोल्पाका मतदाताले पटकपटक एउटै मुहानका धेरै नेताहरूलाई चुनावमा जिताए तर जिल्लाको विकास हुनै सकेन। यो पटक रोल्पाले बौद्धिक तथा सामाजिक अभियन्तालाई रोज्ने छ,’ गंगादेवका युवा रविन भण्डारी भन्छन्।

    त्यसो त एमाले महासचिव शंकर पोखरेलनिकट मानिने डा. दीपेन्द्र भण्डारीले अहिलेसम्म आफ्नो मुख खोलेका छैनन्। तर उनलाई रोल्पाबाट चुनाव लड्न आग्रह गर्दै दर्जनौं युवाले भेटिरहेका छन्। नेकपा (एमाले) रोल्पाका युवा नेता–कार्यक्रर्ताहरू पनि डा. भण्डारीबारे आन्तरिक चर्चा थालिसकेको एमालेनिकट स्रोतले जनाएको छ।

    ‘चुनावको मिति तोकिएको छैन। तैपनि आन्तरिक रुपमा पार्टीभित्र छलफल भइरहेको छ। सम्भवतः दीपेन्द्र कमरेड नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुहुनेछ,’ एमाले जिल्ला कमिटी रोल्पाका एक सदस्य भन्छन्।

    डा. दीपेन्द्र भण्डारीलाई यसपटक जसरी पनि रोल्पा लैजानुपर्ने अर्का विद्यार्थी भीम वली बताउँछन्। उनले भने, ‘रोल्पाबाट भ्रष्टहरूले मात्रै चुनाव जितिरहेका छन्। उनीहरू पदका लागि मात्रै राजनीति गर्छन्। तर उहाँ जतिको मान्छे रोल्पाबाट आउँदाे चुनाव लड्नुपर्छ। यो रोल्पाका युवाहरूको माग हो।’

    बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation