बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न दीर्घकालीन पर्खालको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ ।
Advertisement
बिहीबार युवा तथा खेलकुद विभागका सदस्य विनय रावल, लुम्बिनी प्रदेश प्रतिनिधि सदस्य हरिबहादुर थापाको संयोजकत्वमा गएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।आगामी आर्थिक वर्षमा बजेट छुट्याएर कार्य प्रारम्भ गरिने आश्वासन दिएको टोली संयोजक रावलले बताउनुभयो।
बर्दियामा बर्सेनि हुने जंगली जनावरको आतंकले यहाँका नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ । साथै स्थानीयले लगाएको बालीमा समेत वन्यजन्तुले हानी पुर्याउने गरेको छ ।