• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

समृद्ध इस्मा बनाउने दरिलो खम्बा ः भगतसिंह खड्का


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा इस्मा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भगतसिंह खड्का बनेका छन् । खड्काको नेकपा एमालेका हिरा एसीसँग चुनावी प्रतिस्पर्धा हुँदैछ ।
    ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा नेकपा एमाले गाउँपालिका अध्यक्ष उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । यसपटक निर्वाचनमा इस्मा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच चुनावी गठबन्धन भएको छ ।
    नेकपा एमाले भने एक्लै निर्वाचनमा गएको छ । यसपटकको निर्वाचनमा अघिल्लो निर्वाचनमा हार व्यहोरेको नेपाली कांग्रेस जसरी पनि पालिका प्रमुख उपप्रमुख जित्नुपर्छ भनेर लागि परेको छ ।
    नेकपा एमालेले भने आफनो साख जोउन तर्फ ध्यान केन्द्रि गरेको छ । इस्मा गाउँपालिकामा नेकपा एमालेमा फुटको असर परेको छ ।
    केहि नेताहरु एकीकृत समाजवादीमा गएकाले एमालेलाई यसपटक चुनाव जित्न त्यति सजिलो छ्रैन् । एमाले फुटेको अबस्था रहेको र नेपाली कांग्रेस सहित तीन पार्टी बिच गठबन्धन भएकाले पनि यसपटक कांग्रेसले चुनाव जित्ने दाहुमा रहेको छ ।
    नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्का यतिबेला चुनावी ऐजेन्डा दिएर मतदाताको घरदैलोमा व्यस्त छन् । २०६० सालबाट नेपाल बिद्यार्थी संघको इकाई सदस्यबाट राजनिति यात्रा सुरु गरेका खड्का युवा नेतृत्व हुन् ।
    बिद्यार्थी राजनितिमा नेपाल बिद्यार्थी संघको जिल्ला सचिवसम्म पुगेका खड्का ०६७ सालमा नेपाली कांग्रेसको क्षेत्रिय सदस्य बनेका थिए । ०७२ सालमा क्षेत्रिय अध्यक्ष बनेका खड्का नेपाली कांग्रेसका जिल्ला सचिव हुन् ।
    बालदेखि बृद्धसम्म मिजासिलो स्वरले प्रस्तुत हुने खड्क करिव १० वर्षसम्म शिक्षण पेसामा पनि आवद्ध थिए । इस्मा गाउँपालिकाको वडानम्बर–५ निवासी खड्का समृद्ध इस्मा गाउँपालिका बनाउने दरिलो खम्बा बनेर प्रस्तुत भएका छन् ।
    नेतृत्वमा हुनुपर्ने गुण र राजनिति कर्मीले गर्नुपर्ने विकासका ऐजेन्डालाई गहिरो तवरले बुझेका खड्का इस्माको समृद्धिमा एउटा इटा थप्ने संकल्प उनि सामु रहेको छ । इस्मा गाउँपालिकामा न्याय, सुशासन र विकासको अनुभूति र शहरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर झरेकाहरूलाई, अडाउनेछौं प्रमुख संकल्प रहेको छ ।
    इस्मा गाउँपालिका छोडेर बसाईसराईको जमर्को गरेका गाउँपालिका वासीहरूलाई विकास, अवसर र स्थायित्वका आधारहरू तय गरेर ढिलासुस्ती र भ्रष्टाचारको अन्त लक्ष्य उनले बोकेका छन् । समानता स्वतन्त्रता र स्वराजको अनुभूति र सुन्दर, शान्त, समृद्ध र समुन्नत इस्मा गाउँपालिका बनाउने अठोट खड्काले राखेका छन् ।
    बिभिन्न संघ संस्थामा रहेका सफलता पूर्वक भूमिका निभाएका खड्का इस्मान्दार कर्तव्य निष्ट युवा नेतृत्व हुन् । सात रङ्गहरूको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, उर्जा, तत्परता, सद्भाव र समुन्नति जस्ता विषयको दिशावोध गरेझैं यस सङ्कल्प–पत्रमा समाविष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाई तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधारभित्र सङ्कल्पित सपनाहरु नगरवासीहरूको सदभाव, माया र रोजाईले अक्षरसः पूर्ण हुने कुरामा विश्वस्त हुँदै कार्यान्वयनको प्रतिवद्धता व्यक्त गर्दछौं ।
    इस्मा गाउँपालिका प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेकपा एमालेबाट पनि प्रमुख उपप्रमुख पदमा उम्मेदवार बनेका छन् । नेकपा माओवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका बसन्त सुनारको समर्थन गठबन्धनलाई रहेको छ ।
    इस्मा गाउँपालिकामा पुर्ण बहादुर कुँवर, भागिरथ थापा गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रबाट कालिका बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमोद बस्नेत उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

    Advertisement

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation