• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

एमाले गलकोटको प्रतिवद्धता पत्र, आफ्नै नगरबसदेखि प्राविधिक शिक्षासम्म


  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
  • थम्मन थापा बागलुङ  ।नेकपा एमाले गलकोट नगर समितीले गलकोटमा पत्रकार भेटघाट गरि चुवानी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले गलकोट नगरपालिकामा मेयर पदमा पुर्ण काउचा र उपमेयर पदमा रुपा विश्वकर्मालाई अगाडि सारेको छ ।

    Advertisement

    एमालेले समृद्ध गलकोट र सुखी गलकोटबासी भन्ने मुल नारा सहित नगरको शिक्षा स्वास्थ्य, खानेपानी तथा ढल निकास, फोहोर व्यवस्थापन, सरसफाई, विद्युतीकरण, वैकल्पिक उर्जा, जलस्रोत तथा सिँचाई पुर्वाधार, सडक तथा यातयात, आवास व्यवस्था, कृषि तथा पशुपंक्षी, सहकारी क्षेत्रको विकास, भुमी व्यवस्थापन शहरी विकास तथा बस्ती विकास, पर्यटन पुर्वाधार विकास तथा प्रर्वद्धन, कला संस्कृति तथा पुरातात्विक सम्पदा, युवा तथा खेलकुद, महिला समानता र सशक्तिकरण, जेष्ठ नागरिक बालबालिका अपाङ्गता भएका अशक्त र पछाडि परेका वर्ग तथा समुदायको उत्थान र सामाजिक सुरक्षा, गरिबी निवारण र रोजगारी सिर्जना, वन तथा वातावरण एवं विपद् व्यवस्थापन, लघु उद्योग एवं बजार व्यवस्थापन, स्थानिय स्रोत साधन र राजस्व परिचालन, नगर सभा सञ्चालन र व्यवस्थापन, सूचना तथा सञ्चार प्रणाली, पालिका तथा वडा कार्यालय व्यवस्थापन र सेवा प्रवाह लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने मेयर पदका उम्मेदवार पुर्ण काउचाले जानकारी दिए ।

    प्रतिवद्वता पत्रमा प्राविधिक शिक्षा, बुहप्राविधिक विद्यालय सञ्चालन, गलकोटका सबै विद्यालय भवन बालमैत्री, अपाङग लैङ्गिक प्रविधि मैत्री बनाउने, एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्ने, आधारभुत स्वास्थ्य निशुल्क बनाइने, नगर अस्पताललाई ५० शैयाको बनाइने, सुत्केरी पोषण भत्ता वापत रु २ हजार उपलब्ध बनाउने, नगरपालिकाले आफ्रनै एम्बुलेन्स सेवा विस्तार गर्ने, गलकोटको मुख्य बजारमा ढल व्यवस्थापन गर्ने, विपन्न परिवारका लागि खानेपानीको महसुल नगरपालिकाबाट भुक्तानी गरिने, गलकोट नगरपालिकामा व्यवस्थित र सुरक्षित फोहोर व्यवस्थापनको केन्द्र स्थापन गर्ने, गलकोटको मुख्य बजारमा सोलारबाट सडक बत्ति जडान गरिने, बाझो÷सुख्खा जमिन भएका ठाँउमा कुलो, पोखरी, र स्रो नभएका ठाँउमा लिफ्टिङबाट ५ वर्ष भित्र सिँचाई पुर्याउने जनाएको छ ।

    प्रत्येक वडा कार्यालयबाट नगरपालिकाको कार्यालयसँग जोड्न सडकलाई स्तोरोन्नती गर्दै कालेपत्रे गर्ने, नगरबस सञ्चालन गर्ने, स्थानिय स्रोत र साधनको प्रयोग गरि घरबिहिनको लागि आवासको व्यवस्थापन गर्ने, घर निर्माणको नक्सा मापदण्डलाई सरल सहज र समय अनुकुल बनाउने, एक गाँउ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, उद्यमी कृषकको लागि पालिकाबाट विमाको व्यवस्थपन गर्ने, एक वडा एक कृषि पकेट क्षेत्र तथा व्यवसायिक कृषि उद्यम सञ्चालन गर्ने, कृषि, स्वास्थ्य, फोहोर संकलन प्रशोधन जस्ता कार्य सहकारी मार्फत गराइने, सार्वजनिक जग्गालाई सुरक्षित र संरक्षण गर्ने, पर्यटन पर्वद्धनका लागि भइरहेका होम स्टेको स्तरिकरण गर्ने, पर्यटकिय स्थलसम्म पुग्न पदमार्ग निर्माण गर्ने लगायतका विषयवस्तु समेटिएको नेकपा एमाले गलकोट नगर समितीका सचिव दान बहादुर श्रीसले बताए ।

    गलकोटको कला सँस्कृति तथा पुरातात्विक सम्पदा अन्तरर्गत पञ्चेबाजा सारङगी भजन बाजाहरु र पोशाक निशुल्क उपलब्ध गराउने, ऐतिहासिक संग्राहलय र मगर संग्राहलय स्थापना गर्ने, गलकोटमा भलिबल खेलको वृद्धि विकासका लागि भलिबल प्रशिक्षण सञ्चालन गरि नगर स्तरिय टिम छनोट गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

    उक्त टिममा छनोट हुने खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ५ हजार भत्ता पद्रान गर्ने, महिलाको सुरक्षिक मातृत्व प्रज्वनन स्वास्थ्यको हक सुनिश्चित गर्न प्रदेश संघ संग सहकार्य गर्ने, जेष्ठ नागरिकलाई सबै स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने, विपन्नलाई रोजगारीको अवसर प्रदान गर्ने, गलकोटमा सञ्चालित संचारमाध्यम सँग सहकार्य गरि गलकोटमा केवल टिभि सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    स्थानिय तहको निर्वाचन सफल पार्न नेकपा एमालेले बुल बहादुर केसीको संयोजकत्वमा ५ सय १ प्रचार प्रसार समिती समेत चयन गरेको छ । चुनावी अभियान अन्तर्गत १८ गते देखि २७ गते सम्म गलकोट नगरका विभिन्न वडामा चुनावी प्रचारप्रसार कार्यक्रम गर्ने तय गरेको बताएको छ ।

    आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation