• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

मालारानीको अध्यक्षका चर्चित उम्मेदवार भट्टराई को हुन् ?


  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची।यस पटक मालारानी गाउँ पालिकाका बासिन्दाले पार्टी भन्दा माथि उठेर मतदान गर्ने भएका छन् ।
    नेकपा एमालेले जिल्लामै लोकप्रिय व्यक्ति दलबहादुर भट्टराईलाई गाउँ पालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाएपछि स्थानीय बासिन्दा दलगत स्वार्थ भन्दा माथि उठेर बिकास प्रेमी नेता भट्टराई लाई जिताउने अभियानमा जुटेका हुन् ।
    हुन त नेपालमा धेरै मान्छेले आफुलाई नेता र समाजसेवी भन्न रुचाउँछन् । राजनिती लाई मागि खाने भाँडो बनाएर भरपुर फाइदा लिनेहरु धेरै छन् । व्यक्तिगत स्वार्थमा लिप्त हुनेहरूले पनि पटकपटक आफुलाई त्यागी र ईमान्दार भन्ने गरेको पाईन्छ । समाजमा सिन्को सम्म नभाच्ने र लाभको निम्ति मरिहत्ते गर्ने मान्छे हरुले पनि आफुलाई ठुलो समाजसेवी देखाउने गर्छन् । दलबहादुर भट्टराई यी सबै कुरा भन्दा फरक व्यक्ति हुन् । उनलाई जसले चिनेको छ उसले आत्मै देखि श्रद्धा र सम्मान गर्ने गर्छ । व्यक्तिगत स्वार्थ ,मान र प्रतिष्ठाको निम्ति मरिहत्ते गर्ने हाम्रो समाजमा उनी अलग्गै पात्रको रुपमा खडा भए र समाजको ज्योति बनेर सबैमा प्रकाश छरे । २०१६ साल जेठ १३ गते मालारानी -७ को सामान्य निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका भट्टराई वावु सालिगराम भट्टराई र आमा सुमादेवी भट्टराईका एकमात्र छोरा हुन् ।
    २०४१ सालमा अंग्रेजी र अर्थशास्त्र बाट स्नातक गरेका उनले २०४९ सालमा एक बर्षे बि.एड. गरे । २०४२ साल देखि शिक्षण पेसामा संलग्न भई शान्ति मा.बि. धारापानी र सिद्धार्थ मा.बि. हंसपुरमा अंग्रेजी बिषय अध्यापन गर्दै आएका उनले पार्टीको अग्रहमा र जनताको माग अनुसार २०५४ साल बैशाख – १८ गते माध्यमिक तहको शिक्षक पदबाट राजिनामा गरी तत्कालीन हंसपुर गा.वि.स.को अध्यक्ष पदमा उम्मेदवार बनें । निक्कै चर्चित र मेहनति शिक्षकको रुपमा स्थापित भट्टराईले राजिनामा गर्दा धेरै बिद्यार्थी र अभिभावकले चिन्ता गरें । सिद्धार्थ मा.बि. हंसपुरले बिदायी गर्दा बिद्यार्थी र अभिभावकहरु भावुक बनेर रोएको दृश्य अहिले संझदा पनि मुटु भरिने स्थानीय बासिन्दाको भनाइ छ । भट्टराईले विद्यार्थीहरुलाई पढ्नको लागि प्रेरित गर्नुका साथै गरिब परिवारका पढ्नै नसक्ने बिद्यार्थीको निम्ति आर्थिक सहयोग गरेर भएपनि पढ्न लगाए । उनको प्रेरणाले त्यो बेलाका धेरै विद्यार्थी अहिले उच्च पदमा पुग्न सफल भएका छन् ।
    २०५४ सालको स्थानीय निर्वाचनमा अत्यधिक बहुमतका साथ हंसपुर गा.वि.स.को अध्यक्षमा बिजयी भएका उनले देशकै नमुना अध्यक्ष बनेर ख्याति कमाए । उनमा भएको क्षमता ,दुरदृष्टी, पारदर्शिता ,जनताप्रतिको प्रेम र बिकासको नयाँ मोडेलले उनलाई शिखरमा पुर्यायो । जनताले उनलाई राम्रोसँग चिन्ने अबसर पाए । हुँदा छँदाको जागिर छोडेर अध्यक्ष बनेका भट्टराईले त्यो बेला ठुलो आर्थिक संकट व्यहोर्नु पर्यो तर उनी कहिल्यै बिचल्लीत भएनन् बरु जनसेवामा निरन्तर खटिई रहें । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेका उनले समाज रुपान्तरण र बिकास लाई पछ्याउँदै अगाडि बढे । २०४५ सालमा हंसपुर र गोखुङ्गाका जनताले बाँगी देखि प्युठानको सिमाना सम्म जनश्रमदानबाट मोटर बाटो निर्माण गरेका थिए । सन्धिखर्क देखि माटे सम्मका खेत धनिहरुले बाटो लैजान नदिंदा करीब १० बर्ष काम रोकियो । भट्टराई सन्धिखर्क-बाँगी-हंसपुर- गोखुङ्गा मोटरबाटो उपभोक्ता समितिको अध्यक्ष वनेपछि मात्रै बाटोको ट्रयाक खोल्ने काम भयो ।
    बाटोको ट्रयाक खोल्दा उनले धेरै दु:ख कष्ट र जोखिम उठाउनु परेको थियो । मुद्दा ममिला र ज्यान मार्ने धम्की लामो समय सम्म व्यहोर्नु पर्यो । जुन बाटो अहिले व्यबस्थित बन्दै छ ।
    उनले सिद्धार्थ माध्यमिक बिद्यालय हंसपुरको अध्यक्ष ,उच्च माध्यमिक तह संचालन समितिको अध्यक्ष समेत भई २०६४ साल देखि १०+२ खोल्न सफल भए । त्यो समयमा सिद्धार्थ मा.बि.मा उच्च माध्यमिक तह संचालन गर्नु सामान्य कुरा थिएन विभिन्न व्यक्ति सँग चन्दा उठाएर विद्यालय संचालन गर्नुपरेको थियो । जसको कारण हाल सम्म सयौं विद्यार्थी लाभान्वित भईसकेका छन् ।उनले वैद्यनाथ माध्यमिक विद्यालय बामरुकको अध्यक्ष भई धेरै बर्ष देखि काम गर्दै आएका छन् । माध्यमिक बिद्यालय संचालनमा उनको ठुलो योगदान रहेको स्थानीय बासिन्दाको भनाइ छ ।
    मालारानी-७ मा रहेको प्रसिद्ध धार्मिक स्थल नरसिंहस्थान आफैमा ऐतिहासिक महत्त्व बोकेको ठाउँ भएपनि व्यबस्थित हुन सकेको थिएन । उनले २०७२ सालमा नरसिंहस्थान पर्यटन पुर्वाधार बिकास उपभोक्ता समिति निर्माण गरि अध्यक्ष भएर काम अगाडि बढाए पछि अहिले अर्घाखाँची जिल्लाको राम्रो पर्यटन केन्द्र बनेको छ । बौद्धिक ,सालिन र व्यबहारीक व्यक्तित्व भट्टराईले धेरै संघसंस्थामा बसेर काम गरिसकेका छन् ।अहिले पनि उनी आधा दर्जन बढी संस्थामा जोडिएका छन् । आफु जोडिएको संस्थालाई उत्कृष्ट बनाउने सामर्थ्य राख्ने भट्टराईले त्यसको निम्ति निक्कै मेहनत गर्ने गर्छन् । कुनै पनि कामलाई गम्भीरता पुर्वक लिने भट्टराई जनताको बीच निक्कै लोकप्रिय छन् । दलगत रुपमा जो- जहाँ भएपनि स्थानीय बासिन्दाले दु:ख सुखमा पहिले संझने विश्वासिलो व्यक्ति भट्टराई नै हुन् ।
    भट्टराई अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य छन् ।उनले पार्टीमा जिल्ला कमिटी सचिव ,जिल्ला सचिवालय सदस्य ,जिल्ला कमिटी सदस्य हुनुका साथै ईलाका कमिटी र गाउँ कमिटीमा बसेर काम गरिसकेका छन् । उनी पार्टीको सातौं र आठौं राष्ट्रिय महादिवेनमा प्रतिनिधि समेत बनिसकेका छन् ।

    Advertisement

    आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation