• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

मालारानीको अध्यक्षका चर्चित उम्मेदवार भट्टराई को हुन् ?


  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची।यस पटक मालारानी गाउँ पालिकाका बासिन्दाले पार्टी भन्दा माथि उठेर मतदान गर्ने भएका छन् ।
    नेकपा एमालेले जिल्लामै लोकप्रिय व्यक्ति दलबहादुर भट्टराईलाई गाउँ पालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाएपछि स्थानीय बासिन्दा दलगत स्वार्थ भन्दा माथि उठेर बिकास प्रेमी नेता भट्टराई लाई जिताउने अभियानमा जुटेका हुन् ।
    हुन त नेपालमा धेरै मान्छेले आफुलाई नेता र समाजसेवी भन्न रुचाउँछन् । राजनिती लाई मागि खाने भाँडो बनाएर भरपुर फाइदा लिनेहरु धेरै छन् । व्यक्तिगत स्वार्थमा लिप्त हुनेहरूले पनि पटकपटक आफुलाई त्यागी र ईमान्दार भन्ने गरेको पाईन्छ । समाजमा सिन्को सम्म नभाच्ने र लाभको निम्ति मरिहत्ते गर्ने मान्छे हरुले पनि आफुलाई ठुलो समाजसेवी देखाउने गर्छन् । दलबहादुर भट्टराई यी सबै कुरा भन्दा फरक व्यक्ति हुन् । उनलाई जसले चिनेको छ उसले आत्मै देखि श्रद्धा र सम्मान गर्ने गर्छ । व्यक्तिगत स्वार्थ ,मान र प्रतिष्ठाको निम्ति मरिहत्ते गर्ने हाम्रो समाजमा उनी अलग्गै पात्रको रुपमा खडा भए र समाजको ज्योति बनेर सबैमा प्रकाश छरे । २०१६ साल जेठ १३ गते मालारानी -७ को सामान्य निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका भट्टराई वावु सालिगराम भट्टराई र आमा सुमादेवी भट्टराईका एकमात्र छोरा हुन् ।
    २०४१ सालमा अंग्रेजी र अर्थशास्त्र बाट स्नातक गरेका उनले २०४९ सालमा एक बर्षे बि.एड. गरे । २०४२ साल देखि शिक्षण पेसामा संलग्न भई शान्ति मा.बि. धारापानी र सिद्धार्थ मा.बि. हंसपुरमा अंग्रेजी बिषय अध्यापन गर्दै आएका उनले पार्टीको अग्रहमा र जनताको माग अनुसार २०५४ साल बैशाख – १८ गते माध्यमिक तहको शिक्षक पदबाट राजिनामा गरी तत्कालीन हंसपुर गा.वि.स.को अध्यक्ष पदमा उम्मेदवार बनें । निक्कै चर्चित र मेहनति शिक्षकको रुपमा स्थापित भट्टराईले राजिनामा गर्दा धेरै बिद्यार्थी र अभिभावकले चिन्ता गरें । सिद्धार्थ मा.बि. हंसपुरले बिदायी गर्दा बिद्यार्थी र अभिभावकहरु भावुक बनेर रोएको दृश्य अहिले संझदा पनि मुटु भरिने स्थानीय बासिन्दाको भनाइ छ । भट्टराईले विद्यार्थीहरुलाई पढ्नको लागि प्रेरित गर्नुका साथै गरिब परिवारका पढ्नै नसक्ने बिद्यार्थीको निम्ति आर्थिक सहयोग गरेर भएपनि पढ्न लगाए । उनको प्रेरणाले त्यो बेलाका धेरै विद्यार्थी अहिले उच्च पदमा पुग्न सफल भएका छन् ।
    २०५४ सालको स्थानीय निर्वाचनमा अत्यधिक बहुमतका साथ हंसपुर गा.वि.स.को अध्यक्षमा बिजयी भएका उनले देशकै नमुना अध्यक्ष बनेर ख्याति कमाए । उनमा भएको क्षमता ,दुरदृष्टी, पारदर्शिता ,जनताप्रतिको प्रेम र बिकासको नयाँ मोडेलले उनलाई शिखरमा पुर्यायो । जनताले उनलाई राम्रोसँग चिन्ने अबसर पाए । हुँदा छँदाको जागिर छोडेर अध्यक्ष बनेका भट्टराईले त्यो बेला ठुलो आर्थिक संकट व्यहोर्नु पर्यो तर उनी कहिल्यै बिचल्लीत भएनन् बरु जनसेवामा निरन्तर खटिई रहें । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेका उनले समाज रुपान्तरण र बिकास लाई पछ्याउँदै अगाडि बढे । २०४५ सालमा हंसपुर र गोखुङ्गाका जनताले बाँगी देखि प्युठानको सिमाना सम्म जनश्रमदानबाट मोटर बाटो निर्माण गरेका थिए । सन्धिखर्क देखि माटे सम्मका खेत धनिहरुले बाटो लैजान नदिंदा करीब १० बर्ष काम रोकियो । भट्टराई सन्धिखर्क-बाँगी-हंसपुर- गोखुङ्गा मोटरबाटो उपभोक्ता समितिको अध्यक्ष वनेपछि मात्रै बाटोको ट्रयाक खोल्ने काम भयो ।
    बाटोको ट्रयाक खोल्दा उनले धेरै दु:ख कष्ट र जोखिम उठाउनु परेको थियो । मुद्दा ममिला र ज्यान मार्ने धम्की लामो समय सम्म व्यहोर्नु पर्यो । जुन बाटो अहिले व्यबस्थित बन्दै छ ।
    उनले सिद्धार्थ माध्यमिक बिद्यालय हंसपुरको अध्यक्ष ,उच्च माध्यमिक तह संचालन समितिको अध्यक्ष समेत भई २०६४ साल देखि १०+२ खोल्न सफल भए । त्यो समयमा सिद्धार्थ मा.बि.मा उच्च माध्यमिक तह संचालन गर्नु सामान्य कुरा थिएन विभिन्न व्यक्ति सँग चन्दा उठाएर विद्यालय संचालन गर्नुपरेको थियो । जसको कारण हाल सम्म सयौं विद्यार्थी लाभान्वित भईसकेका छन् ।उनले वैद्यनाथ माध्यमिक विद्यालय बामरुकको अध्यक्ष भई धेरै बर्ष देखि काम गर्दै आएका छन् । माध्यमिक बिद्यालय संचालनमा उनको ठुलो योगदान रहेको स्थानीय बासिन्दाको भनाइ छ ।
    मालारानी-७ मा रहेको प्रसिद्ध धार्मिक स्थल नरसिंहस्थान आफैमा ऐतिहासिक महत्त्व बोकेको ठाउँ भएपनि व्यबस्थित हुन सकेको थिएन । उनले २०७२ सालमा नरसिंहस्थान पर्यटन पुर्वाधार बिकास उपभोक्ता समिति निर्माण गरि अध्यक्ष भएर काम अगाडि बढाए पछि अहिले अर्घाखाँची जिल्लाको राम्रो पर्यटन केन्द्र बनेको छ । बौद्धिक ,सालिन र व्यबहारीक व्यक्तित्व भट्टराईले धेरै संघसंस्थामा बसेर काम गरिसकेका छन् ।अहिले पनि उनी आधा दर्जन बढी संस्थामा जोडिएका छन् । आफु जोडिएको संस्थालाई उत्कृष्ट बनाउने सामर्थ्य राख्ने भट्टराईले त्यसको निम्ति निक्कै मेहनत गर्ने गर्छन् । कुनै पनि कामलाई गम्भीरता पुर्वक लिने भट्टराई जनताको बीच निक्कै लोकप्रिय छन् । दलगत रुपमा जो- जहाँ भएपनि स्थानीय बासिन्दाले दु:ख सुखमा पहिले संझने विश्वासिलो व्यक्ति भट्टराई नै हुन् ।
    भट्टराई अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य छन् ।उनले पार्टीमा जिल्ला कमिटी सचिव ,जिल्ला सचिवालय सदस्य ,जिल्ला कमिटी सदस्य हुनुका साथै ईलाका कमिटी र गाउँ कमिटीमा बसेर काम गरिसकेका छन् । उनी पार्टीको सातौं र आठौं राष्ट्रिय महादिवेनमा प्रतिनिधि समेत बनिसकेका छन् ।

    Advertisement

    आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation