• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ६. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ७. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ८. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ९. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

गुल्मीमा तीन स्थानीय तहमा मात्रै ठूला दलको मनोनयन दर्ता


  •   आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि ३ वटा स्थानीय तहमा दुई पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
    (नेकपा) एमालेले २ स्थानीय तहमा र गठबन्धनबाट एउटा स्थानीय तहमा उम्मेदवारको मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । (नेकपा) एमालेले जिल्लाको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकामा र गठबन्धनबाट मालिका गाउँपालिकामा उम्मेदवारको मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताइन ।
    मुसिकोट नगरपालिकामा नगरप्रमुखमा जीवन खरेल, उपप्रमुखमा गंगा श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । त्यस्तै वडानम्बर–१ को वडाअध्यक्षमा नारायण थापा, वडानम्बर–२ को वडाअध्यक्षमा महेन्द्र घिमिरे, वडानम्बर–३ को वडाअध्यक्षमा शंकर रायमाझी, वडानम्बर–४ को वडाअध्यक्षमा जुद्ध छन्तेल, वडानम्बर–५ को वडाअध्यक्षमा रिषिश्वर अर्याल मानोनयन दर्ता गराएका छन् ।
    त्यस्तै वडानम्बर–६ को वडाअध्यक्षमा खड्का बहादुर खड्का, वडानम्बर–७ को वडाअध्यक्षमा हरिहर सापकोटा, वडानम्बर–८ को वडाअध्यक्षमा नारायण सापकोटा, वडानम्बर–९ को वडाअध्यक्षमा रामकृष्ण कंडेलले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा नगरप्रमुख उपप्रमुख सहित ८ वटा वडामा नेकपा एमालेले जीतेको थियो भने १ वडामा नेपाली कांग्रेसले जीत हात पारेको थियो ।
    नगरमा तीन ठूला दल छुट्टा छुट्टै निर्वाचनमा गएका थिए । त्यस्तै इस्मा गाउँपालिकामा गाउँपालिका अध्यक्षमा हिरा एसी र उपाध्यक्षमा बिमला खत्रीले मनोनयन दर्ता गराएकी छन् ।
    गाउँपालिकाको वडानम्बर–१ को वडाअध्यक्षमा नामबहादुर कुँवर, वडानम्बर–२ को वडाअध्यक्षमा राजेन्द्रबिक्रम कुँवर, वडानम्बर–३ को वडाअध्यक्षमा ज्योतिराज कुँवर, वडानम्बर–४ को वडाअध्यक्षमा मानबहादुर बस्नेत वडानम्बर–५ को वडाअध्यक्षमा नारायण पैयानी र वडानम्बर– ६ को वडाअध्यक्षमा हिरा जिसीले मनोनयन दर्ता गराएका छन् । इस्मा गाउँपालिकाको उपाध्यक्ष पदमा बिमल खत्री दोस्रो कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।
    उपाध्यक्ष पदबाट राजिनामा दिएर दोस्रो कार्याकालको लागि उपाध्यक्षको उम्मेदवार बनेकी हुन् । यो गाउँपालिकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ५ वटा वडामा नेकपा एमालेले जीतेको थियो ।
    बाँकी एउटा वडामा नेपाली कांग्रेसले जीतेको थियो । गाउँपालिकामा तीन ठूला दल छुट्टा–छुट्टै निर्वाचनमा गएका थिए ।
    मालिका गाउँपालिकामा गठबन्धनबाट उम्मेदवारहरुले मनोनयन गराएका छन् । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष पदमा देविराम अर्याल र उपाध्यक्ष पदमा उप्रेन्द्र अर्यालले मनोनयन गराएका छन् ।
    गाउँपालिका वडाहरुमा वडानम्बर–१ को वडाअध्यक्षमा दिपक श्रीस, वडानम्बर–२ को वडाअध्यक्षमा बिनोद श्रीस, वडानम्बर–३ को वडाअध्यक्षमा ज्ञानकुमार बुढामगर, वडानम्बर–४ को वडाअध्यक्षमा नारायण प्रसाद अर्याल मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडानम्बर–५ को वडाअध्यक्षमा रेखाकुमार जिसी, वडानम्बर–६ को वडाअध्यक्षमादिपक भण्डारी, वडानम्बर–७ को वडाअध्यक्षमा हिराबहादुर कार्की र वडानम्बर–८ को वडाअध्यक्षमा सूर्य जिसीले मनोनयन गराएको निर्वाच्न अधिकृतको कार्यालयले जनाएको छ ।
    गठबन्धन अनुसार माओवाद केन्द्रले गाउँपालिका अध्यक्ष सहित वडानम्बर ३ र ८ वडामा वडाअध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष सहित ६ वटा वडा पाएको छ । ०७४ सालको निर्वाचनमा (नेकपा) एमालेले गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ७ वटा वडा जीतेको थियो ।
    बाँकी एउटा वडामा नेपाली कांग्रेसले जीतेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई आज मनोनयन दर्ता गर्ने समय तालिका दिए पनि एमालेले सबै पालिकामा उम्मेदवारको टुङ्गो लगाउन नसकेपछि समय माग गरेको थियो ।
    अन्य दलहरुले पनि उम्मेदवार छनोटमै रहेकाले वैशाख १२ गते मात्रै उम्मेदवारको मनोनयन दर्ता गराउने भएका छन् । गठबन्धन दलहरुले साझा उम्मेदवार बनाउन समय लागेको हो ।
    त्यस्तै जिल्लामा राप्रपा दल र स्वतन्त्र उम्मेवादरले मनोनयनपत्र दर्ता गरेका छन् । आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको थियो ।
    जसमध्ये जिल्लामा राप्रपा र स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकृत माया कुँवरले बताइन् । उनका अनुसार रेसुङ्गा नगरपालिकामा राप्रपा दलबाट ५ जनाले मनोनयनपत्र दर्ता गरेका छन् ।
    मुसिकोट नगरपालिकामा एक जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदको उम्मेदवार दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै मालिका गाउँपालिकामा अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    Advertisement

    इस्मा गाउँपालिकामा दुई जना स्वतन्त्र उम्मेदवारी वडाध्यक्ष र अध्यक्ष पदको उम्मेदवार दर्ता भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा एक जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्षको पदको लागि मनोनयनपत्र दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत कुवँरले बताइन् ।

     

    आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले

    भर्खरै

    • १.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • २.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ३.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ४.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ५.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ६.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ७.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ८.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...