काठमाडौं । नेकपा एमालेले घोराही उपमहानगरपालिकाको मेयरमा नरुलाल चौधरीलाई नै दोहोराउने निर्णय गरेको छ भने तुलसीपुरमा टिकाराम खड्कालाई मेयरको उमेद्वार बनाउने निर्णय गरेको छ ।
Advertisement
आज बसेको नेकपा एमालेको सचिवालय बैठकले घोराहीको मेयरको उमेद्वारमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीलाई उठाउने निर्णय गरेको छ ।
त्यस्तै तुलसी पुर उपमहानगरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई उठाउने निर्णय गरेको हो ।