• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


  •   बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको हो ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लाका ११ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थानपना भएको छ । निर्वाचनको लागि बैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयनका दर्ताको तालिका तालिम समेत सार्वजनिक गरेको छ ।
    जिल्लामा दर्ता भएका दलहरु १६ वटा दललाई बिभिन्न समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए । निर्वाचन सम्पन्न गर्न धेरै चुनौती रहेको उप्रेतीले बताए ।
    निर्वाचनमा मतदातालाई कसरी उत्साहपूर्वक सहभागिता गराउने चुनौती रहेको बताए । मतदानमा मतपत्र धेरै हुने सम्भावना रहेकाले दलहरुले मतदाता शिक्षालाई सशक्त भूमिका खेल्न आग्रह गरे ।
    मतपत्र कम बदर गराउन दलहरुले बिशेष भूमिका खेल्न आग्रह गरे । मतदाता शिक्षा दिन कार्यालयले पनि बिशेष किसिमले अभियान चलाउनु पर्नेमा जोड दिए ।
    उम्मेदवारको मनोनय पत्र दाखिला गर्ने क्रममा रित पुराउनु पर्ने कुरा धेरै रहेको उप्रेतीले दलहरुलाई सुल्झाए बताए । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइएको बताए ।
    दलहरुले मनोनय दर्ताको दिन हुने कार्याक्रममा सुरक्षा निकायसँग समन्वय गरेर गर्न पौडेलले आग्रह गरे । निर्वाचनको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गाउँगाउँमा खटाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
    दलहरुको मनोनयन तालिका सार्वजनिक
    मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले राजनीतिक दलहरुको मनोनयन तालिका सार्वजनिक गरेको छ । नेकपा एमालेका लागि ११ गते दिउँसो २ देखि ४, नेपाली काँग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ र नेकपा माओवादी केन्द्रको लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।
    त्यस्तै नेकपा एकीकृत समाजवादीका लागि १२ गते दिउँसो १२ देखि २, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको गुल्मीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।
    साथै राष्ट्रिय जनमुक्ति पार्टी गुल्मी, नेकपा माले, बिबेकशील साझा पार्टीकन नलगि ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मनोयनको समय तोकिएको छ । मंगोल नेशनल अर्गानाइजेशन, नेपाली काँग्रेस वीपी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी नेपाल र जन समाजवादी पार्टी नेपालका लागि १२ गते दिउँसो ४ देखि ५ बजेसम्म समय तोकिएको कार्यालयले जनाएको छ ।
    स्वतन्त्र उमेदवारका लागि ११ गते बिहान १० देखि ११ बजेसम्म र अन्य दलका लागि १२ गते १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको छ । गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १२ सथानीय तहमा निर्वाचन कार्यालय स्थापना भएको छ ।
    २७९ मतदान केन्द्र
    स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख १० हजार ५९ जना पुरुष र १ लाख १४ हजार २१५ जना महिला रहेका छन् ।
    २ जना अन्य मतदाता रहेका छन् । जिल्लामा महिला मतादाताको संख्या धेरै रहेको छ । गुल्मी जिल्लामा २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २ लाख ४६ हजार ८३६ जना रहेको छ ।
    जसमध्ये पुरुष १ लाख १२ हजार ७८८ जना रहेका छन् । महिला १ लाख ३४ हजार ४८ जना रहेका छन् । निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
    दुई निर्वाचन क्षेत्र १२ वटा स्थानीय तह रहेको छ । जिल्लामा ९३ वटा वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् ।

    Advertisement

    बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation