• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

प्युठानमा गठबन्धन कार्यान्वयनमा सकस : फाइदा उठाउदै एमाले


  •   बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
  • प्युठान। आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरेर जाने यात्रामा रहेका ५ दलिय गठबन्धन बिच तालमेलमा सकस छ । यिनिहरू बिचको तालमेल र गठबन्धनमा लय सुर मिल्न सकेको छैन । निर्वाचनका लागि केन्द्र सरकारमा रहेका सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादि केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादि र जनता समाजवादि पार्टि बिच गठबन्धन कार्यान्वयना सकस बन्दै गएको छ ।

    Advertisement

    बैशाक ३० का लागि निर्वाचनको मिति घोषणा भएसंगै नेकपा एमालेका बिरूद्द यी ५ दल गठबन्धन गरेर जाने भनेपनि प्युठानमा एकले अर्को दललाई अस्थित्व स्विकार गर्न नसक्दा ५ दलिय तालमेलको संयुक्त बैठक निष्कर्ष बिहिन छन । पटक पटक बसेको बैठकमा सबै दलले आफ्नो पार्टिलाई अरू दल भन्दा कमजोर नदेख्दा समस्या उत्पन्न छ ।

    कम्युनिष्ट धारको प्रमुख शक्ति एमालेलाई बाइपास गर्दै नेपाली कांग्रेससंग गठबन्धन गर्न हौसिएका राजमो, माओवादि केन्द्र, समाजवादि लगायतका दलहरू बिचको तालमेल अर्थहिन जस्तै बनेका छन । तालमेलका लागि दलका नेताहरू मिलेर जान सक्ने अवस्थामा रहेपनि जनस्तरमा कार्यकर्ताहरू त्यसको बिपरित छन ।

    जिवनभर आफू आवद्द पार्टिको झण्डा बोक्नुपर्ने र निर्वाचनमा बिपक्षी पार्टिलाई मतदान गर्न स्थानीय कार्यकर्ता मञ्जुर छैनन । यसैकारण नेताहरू बिचको बैठक निष्कर्षमा पुगेको छैन । पछिल्लो पटक ७ गते संयुक्त बैठक बसेपनि आज ८ गते पुन बैठक बस्ने गरि बिना निष्कर्ष सकियो ।

    प्युठानमा क्रियासिल दलहरू २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाहरू राजमो र कांग्रेस छोड्न तयार छैनन भने गठबन्धनमा आवद्द माओवादि केन्द्र र समाजवादिले अस्थित्व अनुसार भागवण्डा मिलाउनुपर्ने अडानमा छन । प्युठान जिल्लामा प्राय सबै दलहरू र दलका कार्यकर्ता राजमोको शैलिप्रति बिगत लामो समयदेखि चिडिएको महसुस गर्छन ।

    राजमो बाहेकको गठबन्धन गर्न सबै अन्य दल मिल्न सक्ने अवस्था रहेपनि केन्द्रीय तहबाट गठबन्धन कार्यान्वयनमा प्रहार हुदा यहाँ कठिनाई भइरहेको छ । गठबन्धन कार्यान्वयन हुन नसक्नुमा दुई ध्रुर्व रहेका कांग्रेस राजमोको मिलन हुन नसक्नु हो । कांग्रेस प्युठानको केही महिना पहिले भएको जिल्ला पार्टि सभापति निर्वाचनको असर यो गठबन्भनमा घुसेको छ।

    जिल्ला स्तर अनुसार गठन्धन कार्यान्वयन नहुदा गाउपालिका स्तरमा आ-आफ्नै ढंगले गठबन्धन भएका छन । उनिहरूले नेपाली कांग्रेस प्युठानको जिल्ला स्तरको निर्णय पर्खेका छैनन । सत्ता गठबन्धनमा रहेका दलहरूबिच एमालेका बिरूद्दमा सरूमारानि, स्वर्गद्वारि र माण्डवि गाउपालिकामा पालिका स्तरमा तालमेल गरि जाने निर्णय भएको छ ।

    नौबहिनि र झिमरूक गाउपालिमा राजमो बाहेकको कांग्रेस र माओवादि बिच तालमेल गरि निर्वाचनमा जाने सहमति भएको छ । ऐरावति गाउपालिमा पद र वडा बाडफांडमा भागवण्डा नमिल्दा आपसि मित्रवत रूपमा निर्वाचनमा जाने सहमति सहित निर्णय सार्वजनिक भएको छ । मल्लरानि गाउपालिकामा पनि राजमो, कांग्रेस र माओवादि केन्द्रबिच सहकार्य गरेर जाने सहमति भएको छ ।

    प्युठान नगरपालिका र गौमुखि गाउपालिकामा गठबन्धनको गाठो फुकेको छैन । राजमोले हैसियत राख्ने झिमरूक र मल्लरानि गाउपालिकामा अरू दलभन्दा विशेष माग बढि छन । राजमोले अरू दलको भन्दा बढि जनमत भएको पालिकाको रूपमा यी २ गाउपालिकालाई अग्रस्थानमा राख्दै आएको छ । कांग्रेस प्युठानका सभापति एवम् हाल गौमुखि गाउपालिकाको अध्यक्ष रहेको गौमुखिमा तालमेलको सुर मिलेको छैन ।

    स्थानीय स्तरमा यहाँ क्रियासिल एमाले, राजमो र माओवादि केन्द्र कांग्रेसलाइ हराउने दाउमा निर्वाचन मिति घषाणा हुनु अगावै सहमत भइ योजना बनाएका हुन । यसको भित्रि पाटो केलाउदै कम्युनिष्टहरूबाट कांग्रेसमा मत नखस्ने आशंका उनिहरूबाट छ । गठबन्धनबाट कांग्रेस नेतृत्वले बिजयि गर्न कठिन रहेको यसैकारण कांग्रेस कार्यकर्ताको बुझाई छ । तर एमाले बाहेक राजमो र माओवादि केन्द्रले कांग्रेसलाई सघाउनुपर्ने बाध्यात्मक स्थिति आएकोले अरू भन्न सकिने स्थिति छैन ।

    झिमरूक गाउपालिकामा पनि राजमोको बिकल्पमा एमाले, माओवादि र कांग्रेस एकमुख छन । त्यस्तै मल्लरानिमा पनि झिमरूकमा जस्तै एउटै भावना कांग्रेस, माओवादि र एमाले कार्यकर्ताको छ । प्युठान नगरपालिकामा एमालेबाट उम्मेद्वार रहेका बहुमत जनप्रतिनिधि निर्वाचित हुदा नगर प्रमुख एमालेले हात पार्न सकेको थिएन ।

    एमालेबिच आन्तरिक द्वन्द्व नदेखिने गरि प्रयोग हुदा उबेला माओवादिको पोल्टामा मेयर पद पुगेको एमाले पंङ्तिलाई थाहा छ । यो बिरासत फर्काउने दाउमा एमालेको प्रचार अभियान मसिनो गरि लागेको छ । यहाँ गठबन्धनको माओवादि केन्द्रले नगर प्रमुख आफुलाइ हुनुपर्ने प्रमुख माग राख्दै आएको छ ।

    गठबन्धनका दल र कार्यकर्ता बिच तालमेलमा रस्साकस्सि हुदा एमालेले फेरि बहुमत सहित नगर प्रमुख समेत हात पार्न कठिनाइ नरहेको आम बुझाइ छ । गठबन्धनमा मत खसाल्न आम मतदाता खुस छैनन । पछिल्लो पटक एमाले प्युठानको जिल्ला कमिटि निर्वाचनपछि प्युठान जिल्लाभर एमालेले थालेको प्रचार अभियान र गठबन्धन दलबिचको लय नमिल्दा प्युठानमा एमालेले बिजयि ठाउमा सुनश्चित सहित अन्य ठाउंमा बिरासत फर्काउने दाउमा छ ।

    केन्द्र स्तरबाट कांग्रेस, माओवादि केन्द्र र राजमोको मिलन स्थानीय रूपमा कार्यकर्ताले मन पराएका छैनन। यसैकारण ५ शक्ति एक ठाउँ र एमाले एक गरि २ भाग निर्वाचनमा होमिने भएकाले प्रमुख बामपन्थि शक्ती एमालेलाई धेरै ठाउंमा चिठ्ठा पर्ने आम सर्वसाधारण कार्यकर्ताको अनुमान छ । एमालेबाट समाजवादि बनेको पार्टि प्युठानमा नगन्य मात्रमा हुनु, जसपाको स्थिति प्युठानमा जनमतका रूपमा नहुनु, कांग्रेस र राजमो बिच एकले अर्कोलाई बिगतदेखि अहिले सम्म अरूको अस्थित्व स्विकार गर्न नसक्नु आसन्न स्थानीय तहको निर्वाचन एमालेको पोल्टामा जाने सुनिश्चित जस्तै रहेको छ ।

    जसकारण एमालेले २०७० प्राप्त आम मतको बिरासत फर्काउने दाउमा रहेको देखिन्छ । सबै पार्टीले आफ्ना कार्यकर्ता जोगाउन आपसि समझदारि बाहेक गठबन्धन र तालमेल बिना निर्वाचनमा होमिन जरुरी देखिन्छ भने कार्यकर्ताको मनोभावना समेटिनेछ ।

    बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation