दीपेन्द्र सुनार प्युठान। प्युठानको झिमरुक गाउँपालिका वडा नंवर १ का वडा अध्यक्ष धुर्ब्रराज खनाल पुन दोस्रो कार्यकालको लागी वडा अध्यक्षको उम्मेदवार भएका छ्न।
ने. क.पा. एमाले झिमरुक गाउँपालिका -१ को पार्टी कमिटीको बैठकले खनाललाई फेरि पनि वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको वडा कमिटी अध्यक्ष लिला जि.सी. ले जानकारी दिनुभयो।
बितेको पाँच बर्षको अबधीमा गाउँपालिका भित्रका ८ वटा वडाम्ध्ये वडा नंवर १ लाई बिकासको गतिमा अब्बल दर्जामा ल्याउन सफल भएको र अन्य वडाहरुको तुलनामा भौतिक संरचना निर्माणमा समेत फड्को मार्न सफल भएका कारण खनाललाई पुन वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णाय गरिएको जि.सी.को भनाइ रहेको छ।
खनालले बि.स.२०४७ सालमा जनता मा.बि. मा कक्षा ७ मा पढ्दा बाट राजनीति यात्रा सुरु गर्दै २०४९ सालमा अनेरास्ववियु सिद्धार्थ मा.बि . अर्घाखाँचीको प्राम्भारिक कमिटी सदस्य , २०५० सालमा पुन कमिटीको सचीव , २०५१ सालमा अनेरास्ववियु पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीको सदस्य , २०५२ सालमा सोही कमिटीको सचीव हुनुका साथै क्षेत्रीय कमिटी कोषाध्यक्ष समेत भएका थिए।
करिब ८ बर्ष ने.क.पा. एमाले प्युठान जिल्ला कमिटीमा काम गरेर विभिन्न सामाजिक काममा संस्थाका काममा समेत आफ्नो दरिलो परिचय बनाइसकेका खनाल अहिले ने.क.पा. एमाले झिमरुक गाउँकमिटीको सचीव पदमा रहेर काम गरिरहेका छ्न।
पाँच बर्षसम्म वडा नम्बर १ मा आफुले गरेको कामले गर्दा जनताले फेरि पनि आफूलाई एक कार्यकालको लागि बिजयी बनाउनेमा बिश्वस्त रहेको खनालको भनाइ रहेको छ।
झिमरुक १ को अध्यक्षमा एमालेले खनाललाई दोहोराउने
झिमरुक १ को अध्यक्षमा एमालेले खनाललाई दोहोराउने
Advertisement
तपाईको प्रतिक्रिया