कामनाडेली, प्युठान । नेकपा एमालेले सरुमारानी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत चयन गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि फेरि पनि झग बहादुर बिश्वकर्मालाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।
शुक्रवार बसेको गाउँ कमिटीको बैठकले बिश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा सिफारिस गरेको हो । उनी नेकपा एमाले प्युठानका उपाध्यक्ष समेत हुन। बिश्वकर्मा शिक्षण पेशाबाट राजिनामा दिएर चुनावमा होमिएका हुन।
उनि २०७४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट पालिकाको अध्यक्षमा विजयी भएका थिए ।
त्यस्तै, पालिका उपाध्यक्षको टुङ्गो भने शनिबार लाग्ने छ। उपाध्यक्षमा तीन जनाको दाबेदारी छ।
पार्टिका पालिका सचिव चिन्त बहादुर सोमैका अनुसार बैठकले मोहम्मद हलिम हलुवाईको संयोजक्त्वमा २१ सदसिय निर्वाचन परिचालन कमिटी, प्यार अलि खान संयोजक र सलिम अन्सारी सह-संयोजक रहेको १ हजार १ सदसिय प्रचार प्रसार समिती र गंगा बहादुर केसिको संयोजकत्वमा आर्थिक परिचालन समिती समेत बनेको छ।