कामनाडेली, प्युठान। सरकारले साउदी अरबका लागि नेपाली राजदूतमा नवराज सुवेदीलाई सिफारिस गरेको छ ।
प्युठान नगरपालिका वडा नंवर ४ टारी घर भएका सुवेदी जनता समाजबादी पार्टीको कोटाबाट साउदी अरबको लागि राजदुतमा सिफारिस भएका हुन्।
राष्ट्रिय जनमोर्चा हुँदै माओवादी र नयाँ शक्तिपछि जनता समाजवादी पार्टीमा पुगेका नवराज सुवेदीलाई सरकारले राजदूतमा सिफारिस गरेको हो ।
नेकपा मसालसँग आबद्ध भएर लामो समय काम गरेका सुवेदी २०५६ सालमा प्युठान क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद समेत बनेका थिए।
नेकपा मसाल र एकताकेन्द्रबीच एकता र फूटपछि भने उनी माओवादीमा प्रवेश गरेका थिए । बाबुराम भट्टराई माओवादी पार्टीबाट अलग भएपछि भने उनी नयाँ शक्तिमा सक्रिय थिए । सुवेदी हाल जनता समाजवादीको केन्द्रीय कार्यकारिणी सदस्यको जिम्मेवारीमा छन।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतमा नियुक्त गर्न सिफारिस गरेको हो ।