• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

गुल्मीमा हरित स्वयंसेवकलाई प्रविधि सिकाई तालिम


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कृषिको दुतको रुपमा काम गर्दै आएका हरित स्वयंसेवकको लागि प्रविधि सिकाई तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले गाउँमा अगुवाको रुपमा काम गर्दै कृषिमा लाग्न अन्यलाई पनि प्रोत्सान गर्ने हेतुले हरित प्रविधि सिकाई तालिम दिइएको हो ।
    जिल्ला सदरमुकाम तम्घासमा ३ दिनसम्म हरित स्वयंसेवकको लागि प्रविधि सिकाई तालिम दिइएको छ । तालिममा जिल्लाका विभिन्न स्थानिय तहका ३८ जना हरित स्वसेवकहरुको सहभागीत रहेको थियो ।
    २ बर्ष अघि देखि हरेक वडामा कृषिको दुतको रुपमा खटाउने प्रदेश सरकारक कार्यक्रम अनुसार ९३ वटै वडाबाट एक एक जना हरित स्वयंसेवक छनौट गरिएको थियो । गाउँमा अगुवाको रुपमा काम गदै कृषिमा लाग्न अन्यलाई पनि प्रोत्सान गर्ने हेतुले हरित स्वयमसेवक बनाईएको हो ।
    प्रत्येक वडाबाट छनौट भए पनि अहिले कृषि र भेटेनरीकार्यालय सँग सम्बन्धीतलाई वर्गिकरण गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले नमुना कृषकको रुपमा छनौट भई तालिममा सहभागीहरुले अन्य कृषकहरुलाई पनि व्यवसायीक बन्न प्रोत्साहन गर्ने भण्डारीले बताए ।
    हरित स्वयंसेवकहरुले अन्य कृषकहरुलाई व्यवसायिक बन्न लागि आवश्यक सल्लाह र प्राविधिक ज्ञान समेत प्रदान गर्ने भण्डारीले बताए । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले कृषि नभइ भोकमरी, गरिवी अत्य गर्ने सम्भव नभएको बताए ।
    कृषि नगरेर पनि धनि हुन सकेपनि संरसारलाई गरिवी, भोकमरी अत्य गर्न कृषि महत्वपूर्ण रहेको बताए । प्रजिअ पौडेलले कृषि पेशा अझै पनि सम्मानित पेशा बन्न नसकिरहेको भन्दै कृषि बिना दिगो विकास समेत हुन नसक्ने विचार अघि सारे ।
    तर राज्यको ध्यान कृषिमा कम गइरहेकाले अब नीति निर्माण गर्ने सन्दर्भमा कृषिलाई पृष्ठपोषण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संसारकै मुख्य एजेण्डा गरिबी र भोकमरी हटाउने रहेको बताए । पौडेलले कृषिबाटै गरिबी र सबै प्रकारका भोकमरी हटाउन सकिने बताए ।
    ‘कृषि नभई विकास दिगो हुन सक्दैन् । जति धनि मुलुक भएपनि कृषि छैन् भने त्यो देश राम्रो मानिदैन् ।’ प्रजिअ पौडेलले उदाहरण दिंदै भने,–‘पैसा प्रशस्तै छ । प्रतिव्यक्ति आम्दानी पनि प्रशस्तै छ तर त्यति कृषि छैन् भने त्यो देश त्यति धेरै राम्रो मानिदैन् ।’
    यही कुरालाई आत्मसाथ गर्दै तेल बेचिरहेका खाडी मुुलुकहरुले पनि अहिले कृषिमा लागिरहेका बताए । कृषिको विकल्प नहुने भन्दै कृषि पेशालाई सम्मानित पेशा बनाउन सबै लाग्नुपर्ने बताए ।
    हरित स्वयंसेवकहरुले तालिमले कृषि कर्म गर्न थप उर्जा थलेको बताएका थिए । कालीगण्डकी गाउँपालिका–३ जयखानीका ४७ वर्षिय प्रकाश पाण्डे मगरले तालिमले उर्जा मिलेको बताए ।
    मगर हरित स्वंयम सेवक कृषक हुन् । उनले विगत पाँच वर्ष देखि व्यवसायिक केरा खेती गर्दै आएका छन् ।
    २० रोपनीमा केरा खेति गर्दै आएका मगरले ६ सय बोट सुन्तला र ३ सय बोट कागती खेती पनि लगाएका छन् । ४ वटा टनेलमा बेमौसमी तरकारी खेती समेत गर्दै आएका छन् ।
    मगरलाई कृषि ज्ञान केन्द्रले पनि सहयोग गर्दै आएको छ । पालिकाबाट पनि सहयोग छ । कृषि ज्ञान केन्द्रले केरा खेती विस्तारका लागि ३ लाख अनुदान सहयोग ग¥र्यो ।
    पालिकाले पनि २ लाख सहयोग ग¥र्यो । कृषि ज्ञान केन्द्रले समय–समयमा कृषकहरुको क्षमता तथा सीप विकासका लागि तालिम समेत दिँदै आएको छ ।
    समाजमा उनी नमुना कृषकको रुपमा परिचित छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेका भविन्द्र घर्ति पनि नमुना कृषकको रुपमा परिचित छन् ।
    उनले रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा व्यवसाययिक रुपमा मिश्रित व्यवसाय गर्दै आएका छन् । २० रोपनी भन्दा धेरै जग्गामा तरकारी खेती गर्दै आएका छन् ।
    उनीसंग अहिले ३२ बटा बङ्गुर, ३० वटा बाख्रा समेत छन् । आफै हरित स्वंयम सेवक पनि भएकाले आफ्नो वडामा पुगी अहिले व्यवसायिक कृषकका लागि प्रोत्साहन गर्ने बताए ।
    हरित स्वंयम सेवक सञ्जालका अध्यक्ष कृष्णबहादुर बस्नेतले कृषि नीति नभएका कारण कृषकहरुलाई समस्या भएको बताए । बजारीकरण समस्या रहेको बताउँदै उनले राज्यले कृषिमा लगानी बढाउनुपर्ने बताए ।
    कृषिमा थोरै लगानीले कृषकको समस्या समाधान नहुने बस्नेतको भनाइ छ । सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरु सञ्चालन गर्न आवश्यक रहेको औंल्याएका छन् ।
    कृषि ज्ञान केन्द्रका अधिकृत हरिप्रसाद आचार्यका अनुसार यस जिल्लाका ७३ वडामा हरितस्वंयम सेवक सञ्जाल गठन गरिएको छ । तालिम समापन कार्यक्रममा हरित स्वयमसेवकहरुले स्थानिय कृषकले उत्पादन गरेको बस्तुले बजार पाउन गाह्रो नभएको बताएका थिए ।

    Advertisement

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation