• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार ०६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु

प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति

आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

लोकप्रिय समाचार

  • १. मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

  • २. प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

  • ३. मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

  • ४. पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

  • ५. प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

  • ६. प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

  • ७. प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

  • ८. दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

  • ९. कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

  • १०. विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

गुल्मीमा हरित स्वयंसेवकलाई प्रविधि सिकाई तालिम


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कृषिको दुतको रुपमा काम गर्दै आएका हरित स्वयंसेवकको लागि प्रविधि सिकाई तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले गाउँमा अगुवाको रुपमा काम गर्दै कृषिमा लाग्न अन्यलाई पनि प्रोत्सान गर्ने हेतुले हरित प्रविधि सिकाई तालिम दिइएको हो ।
    जिल्ला सदरमुकाम तम्घासमा ३ दिनसम्म हरित स्वयंसेवकको लागि प्रविधि सिकाई तालिम दिइएको छ । तालिममा जिल्लाका विभिन्न स्थानिय तहका ३८ जना हरित स्वसेवकहरुको सहभागीत रहेको थियो ।
    २ बर्ष अघि देखि हरेक वडामा कृषिको दुतको रुपमा खटाउने प्रदेश सरकारक कार्यक्रम अनुसार ९३ वटै वडाबाट एक एक जना हरित स्वयंसेवक छनौट गरिएको थियो । गाउँमा अगुवाको रुपमा काम गदै कृषिमा लाग्न अन्यलाई पनि प्रोत्सान गर्ने हेतुले हरित स्वयमसेवक बनाईएको हो ।
    प्रत्येक वडाबाट छनौट भए पनि अहिले कृषि र भेटेनरीकार्यालय सँग सम्बन्धीतलाई वर्गिकरण गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले नमुना कृषकको रुपमा छनौट भई तालिममा सहभागीहरुले अन्य कृषकहरुलाई पनि व्यवसायीक बन्न प्रोत्साहन गर्ने भण्डारीले बताए ।
    हरित स्वयंसेवकहरुले अन्य कृषकहरुलाई व्यवसायिक बन्न लागि आवश्यक सल्लाह र प्राविधिक ज्ञान समेत प्रदान गर्ने भण्डारीले बताए । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले कृषि नभइ भोकमरी, गरिवी अत्य गर्ने सम्भव नभएको बताए ।
    कृषि नगरेर पनि धनि हुन सकेपनि संरसारलाई गरिवी, भोकमरी अत्य गर्न कृषि महत्वपूर्ण रहेको बताए । प्रजिअ पौडेलले कृषि पेशा अझै पनि सम्मानित पेशा बन्न नसकिरहेको भन्दै कृषि बिना दिगो विकास समेत हुन नसक्ने विचार अघि सारे ।
    तर राज्यको ध्यान कृषिमा कम गइरहेकाले अब नीति निर्माण गर्ने सन्दर्भमा कृषिलाई पृष्ठपोषण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संसारकै मुख्य एजेण्डा गरिबी र भोकमरी हटाउने रहेको बताए । पौडेलले कृषिबाटै गरिबी र सबै प्रकारका भोकमरी हटाउन सकिने बताए ।
    ‘कृषि नभई विकास दिगो हुन सक्दैन् । जति धनि मुलुक भएपनि कृषि छैन् भने त्यो देश राम्रो मानिदैन् ।’ प्रजिअ पौडेलले उदाहरण दिंदै भने,–‘पैसा प्रशस्तै छ । प्रतिव्यक्ति आम्दानी पनि प्रशस्तै छ तर त्यति कृषि छैन् भने त्यो देश त्यति धेरै राम्रो मानिदैन् ।’
    यही कुरालाई आत्मसाथ गर्दै तेल बेचिरहेका खाडी मुुलुकहरुले पनि अहिले कृषिमा लागिरहेका बताए । कृषिको विकल्प नहुने भन्दै कृषि पेशालाई सम्मानित पेशा बनाउन सबै लाग्नुपर्ने बताए ।
    हरित स्वयंसेवकहरुले तालिमले कृषि कर्म गर्न थप उर्जा थलेको बताएका थिए । कालीगण्डकी गाउँपालिका–३ जयखानीका ४७ वर्षिय प्रकाश पाण्डे मगरले तालिमले उर्जा मिलेको बताए ।
    मगर हरित स्वंयम सेवक कृषक हुन् । उनले विगत पाँच वर्ष देखि व्यवसायिक केरा खेती गर्दै आएका छन् ।
    २० रोपनीमा केरा खेति गर्दै आएका मगरले ६ सय बोट सुन्तला र ३ सय बोट कागती खेती पनि लगाएका छन् । ४ वटा टनेलमा बेमौसमी तरकारी खेती समेत गर्दै आएका छन् ।
    मगरलाई कृषि ज्ञान केन्द्रले पनि सहयोग गर्दै आएको छ । पालिकाबाट पनि सहयोग छ । कृषि ज्ञान केन्द्रले केरा खेती विस्तारका लागि ३ लाख अनुदान सहयोग ग¥र्यो ।
    पालिकाले पनि २ लाख सहयोग ग¥र्यो । कृषि ज्ञान केन्द्रले समय–समयमा कृषकहरुको क्षमता तथा सीप विकासका लागि तालिम समेत दिँदै आएको छ ।
    समाजमा उनी नमुना कृषकको रुपमा परिचित छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेका भविन्द्र घर्ति पनि नमुना कृषकको रुपमा परिचित छन् ।
    उनले रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा व्यवसाययिक रुपमा मिश्रित व्यवसाय गर्दै आएका छन् । २० रोपनी भन्दा धेरै जग्गामा तरकारी खेती गर्दै आएका छन् ।
    उनीसंग अहिले ३२ बटा बङ्गुर, ३० वटा बाख्रा समेत छन् । आफै हरित स्वंयम सेवक पनि भएकाले आफ्नो वडामा पुगी अहिले व्यवसायिक कृषकका लागि प्रोत्साहन गर्ने बताए ।
    हरित स्वंयम सेवक सञ्जालका अध्यक्ष कृष्णबहादुर बस्नेतले कृषि नीति नभएका कारण कृषकहरुलाई समस्या भएको बताए । बजारीकरण समस्या रहेको बताउँदै उनले राज्यले कृषिमा लगानी बढाउनुपर्ने बताए ।
    कृषिमा थोरै लगानीले कृषकको समस्या समाधान नहुने बस्नेतको भनाइ छ । सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरु सञ्चालन गर्न आवश्यक रहेको औंल्याएका छन् ।
    कृषि ज्ञान केन्द्रका अधिकृत हरिप्रसाद आचार्यका अनुसार यस जिल्लाका ७३ वडामा हरितस्वंयम सेवक सञ्जाल गठन गरिएको छ । तालिम समापन कार्यक्रममा हरित स्वयमसेवकहरुले स्थानिय कृषकले उत्पादन गरेको बस्तुले बजार पाउन गाह्रो नभएको बताएका थिए ।

    Advertisement

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड
    प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु
    तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा
    दैलेखमा ठूलो परिमाणको मिथेन ग्यास भण्डारण रहेको पुष्टि
    सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर
    कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

    लोकप्रिय

    • १.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा

    • २.
      प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान :

    • ३.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    • ४.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ५.
      प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

    • ६.
      प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

    भर्खरै

    • १.
      राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

    • २.
      रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

    • ३.
      प्युठान अस्पतालमा अलपत्र भवन निर्माण कार्य फेरि सुरु

    • ४.
      प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति

    • ५.
      आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

    • ६.
      तिलोत्तमा नगरपालिकाको नयाँ नीति : युवा, कृषि र शिक्षा प्राथमिकतामा

    • ७.
      चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर

    • ८.
      एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation